7 years ago
April 30, 2019
काठमाडौं (हाम्रो खेलकुद) – कीर्तिमानी धावक हरि बहादुर रोकायाका द्धारा सञ्चालित कर्णाली स्पोर्टस क्लबलाई रुट्स फेशन प्रालिले आर्थिक सहयोग गरेको छ ।

आज काठमाडौंमा एक कार्यक्रम गर्दै रोकया नेतृत्वको कर्णाली स्पोर्टसलाई रु १ लाख रुपैया नगद सहयोग गरेको छ । त्यसैगरि रुट्सले कर्णाली स्पोर्टस क्लबले गर्न लागेको एथलेटिक्स प्रतियोगितालाई १ लाख ५० हजार रुपैया नगद रुपैया प्रदान गरेको छ । एथलेटिक्स असार २७ गते हुनेछ ।

रोकायालाई रुट्स फेसनका निर्देशक राजिव श्रेष्ठले चेक हस्तान्तरण गरे । त्यस्तै रुट्सले यसपाली शु एक्सचेन्जमा बाट प्राप्त जुत्ताहरु कर्णाली स्पोर्टसलाई क्लबलाईनै प्रदान गरिने बताएको छ ।
रुट्सको सहयोग पनि रोकायाले रुट्स प्रा.लीलाई धन्यावद दिए । यस सहयोगले आफुलाई खुसि लागेको उनले बताए ।
रुट्स फेसन प्रा.लीले लामो समय देखी नेपालमा अन्तर्राष्टिय स्तरका विभिन्न चर्चित ब्राण्डका खेलकुद पोसाक तथा खेल सामाग्री प्रदान गर्दै आएको छ । यस पटक १ मे देखी ३१ मे सम्म शु एक्सचेन्ज कार्यक्रम चल्ने भएको छ ।
उक्त कार्यक्रममा सहभागी उपभोक्ताले पुरानो जुत्ता ल्याएर छोडे वापत नयाँ जुत्ताको खरिदमा आकर्षक छुट पाउने छन् । ७ हजार ९ सय ९९ रुपैंया सम्म मुल्य पर्ने जुत्ता खरिदमा गर्न चाहे पुरानो जुत्ता ल्याउनेले २ हजार रुपैयाँ छुट पाउने छन् ।
यसैगरि त्यो भन्दा माथि मुल्यको जुत्ता भने ३ हजार रुपैयाँ छुटको ब्यबस्था रहेको छ । पुरानो जुनसुकै ब्राण्डका लगाउन मिल्ने स्पोर्टस सुज ल्याउन सकिने बताईएको छ ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]