default_image

10 years ago

May 9, 2016

पोखरा स्पोर्टस् अवार्डको मनोनयन सार्वजनिक

160 views

0 Bookmark

पोखरा, २६ बैशाख
नेपाल खेलकुद पत्रकार मंच कास्कीको आयोजनामा पोखरामा पहिलो पटक हुने पोखरा स्पोर्टस् अवार्ड–२०७२ मा विभिन्न विधाको मनोनयन सार्वजनिक गरिएको छ ।

Pokhara Sports Award

पोखरामा आइतबार आयोजित पत्रकार सम्मेलनमा मंचले ५ विधामा उत्कृष्ट १ जनालाई अवार्ड प्रदान गर्ने जानकारी दिएको छ । लाइफ टाइम एचिभमेन्ट अवार्ड विधामा वरिष्ठ फुटबल प्रशिक्षक कृष्ण थापा सम्मानित हुने छन् । जुरी कमिटीको सिफारिस र मंचको कार्यसमिति बैठकले पारित गरेअनुसार लाइफटाइम एचिभमेन्ट अवार्डबाट थापालाई सम्मान गर्न लागिएको हो ।

अन्य ४ विधाका ३/३ जना मनोनयनमा परेका छन् । उत्कृष्ट वर्ष खेलाडी पुरुषतर्फ हेमन्त गुरुङ (फुटबल), सुरेश गुरुङ (शारीरिक सुगठन) र अशिम शेरचन (आर्चरी) महिलातर्फ झरना गुरुङ (उसु), मंजु गुरुङ (भलिबल) र अरुणा शाही (भलिबल), उदीयमान खेलाडीतर्फ अभिषेक बास्तोला (टेनिस), शशी चौधरी (एथलेटिक्स) र ममता डगौरा (एथलेटिक्स), उत्कृष्ट प्रशिक्षकमा शम्भु केसी (फुटबल), कौशिला खत्री (भलिबल) र सुरेन्द्र गुरुङ (कराते) मनोनयनमा परेका छन् । प्रतिभा छनौटका लागि ५ सदस्यीय छनौट समिति गठन गरिएको छ । वर्ष
खेलाडीलाई २५ हजार रुपैया तथा उत्कृष्ट प्रशिक्षक एवं नवप्रतिभा खेलाडीलाई जनही १० हजारसहित सम्मान गरिनेछ ।

मंचका का.वा.अध्यक्ष एवं कार्यक्रम संयोजक सन्देश श्रेष्ठले सिंगो पोखराको इज्जतको रुपमा जोडिएको स्पोर्टस् अवार्ड सफल पार्ने सबैको दायित्व भएकोले सहयोगको अपेक्षा गरे । पोखरा सभागृहमा जेठ १मा दिउसो ४ बजे सुरु हुने अवार्ड वितरण समारोहको तयारी अन्तिम चरणमा पुगेको प्रचार संयोजक दीननाथ बरालले जानकारी दिए ।

पत्रकार सम्मेलन अवसरमा मलेसियाको क्लारा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पोखराको महेन्द्रपुलस्थित हङकङ व्युटी इन्स्टिच्युट प्रालिका प्रबन्ध निर्देशक मीना गुरुङले मंचलाई ६० थान टिसर्ट सहयोग गरिन् । उनले उक्त टिसर्ट मंचका कावा अध्यक्ष श्रेष्ठलाई हस्तान्तरण गर्दै खेलकुद पत्रकार मंचले गर्न लागेको कार्यक्रममा आफू पनि एक संचारकर्मी भएको नाताले सहयोग गर्न पाउादा खुसी लागेको बताइन् । मंचका का.वा.अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत नि.अध्यक्ष विनोद लामिछाने र संचालन सचिव दीननाथ बरालले गरेका थिए ।

कार्यक्रम सम्पन्न गर्न ५ लाख रुपैया खर्च लाग्ने आयोजकले जनाएको छ । नेपाल खेलकुद पत्रकार मंच केन्द्रीय समितिको तत्वावधानमा हुने कार्यक्रमको सहयोगी संस्था जिल्ला खेलकुद विकास समिति, पोखरा उपमहानगरपालिका रहेका छन् । सहप्रायोजकमा क्षेत्रीय खेलकुद विकास समिति, रेवान पोखरा, कास्की जिल्ला फुटबल संघ, जिल्ला विकास समिति, नेपाल पर्यटन बोर्ड पोखरा रहेका छन् ।

वर्ष खेलाडी पुरुषका लागि कमल गुरुङ, महिलाको लागि मनोकामना आयाल, वर्ष उत्कृष्ट प्रशिक्षकको जि.एस.आर. कंक्रिट पाइप उद्योग र वर्ष उत्कृष्ट नवप्रतिभाको लागि सहारा क्लब पोखरा टाइटल स्पोन्सर हुन् । २०५७ सालमा स्थापित खेलकुद पत्रकार मंच कास्कीमा हाल ४१ जना सदस्य छन् ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.