7 years ago
May 4, 2019
काठमाडौं (हाम्रो खेलकुद ) – प्रदेश नम्वर ३ को महिला फुटबल टोली मैत्रीपुर्ण खेलमा विजयी भएको छ ।

दीपशिखा युवा समुह नैकापको आयोजनामा चन्द्रागिरी नगरपालिकास्थित नैकाप फुटबल मैदानमा जारी दोस्रो रोजबहिनी चन्द्रागिरी गोल्डकप दौरान भएको मैत्रीपुर्ण खेलमा प्रदेश ३ ले आयोजक दीपशिखाको महिला फुटबल टोलीलाई २–१ ले पराजित गरेको हो । प्र
देश ३ की मनिषा थापामगरले एक गोल गर्दा एक गोल उपहार पाएको थियो । आयोजकका दीपशिखाकी कुमारी तामाङले गोल गरिन् । निकै नै प्रतिस्पर्धात्मक बनेको खेलको तेस्रो मिनेटमा नै गोलबाट अग्रता बनाएको थियो । आयोजकका कुमारी तामाङले २४औं मिनेटमा बराबरी गोल फर्काइन् ।
प्रतिस्पर्धात्मक बनेको खेलको ७०औं मिनेटमा प्रदेश ३ ले आतम्घाती गोलबाट खेलमा २–१ को अग्रता बनायो । प्रदेश ३ को खेलाडीको प्रहार बचाउने क्रममा कुमारी तामाङले आफ्नै पोस्टमा गोल गरिन् । त्यसपछि थप गोल निस्कन नसक्दा प्रदेश ३ विजयी हुन सफल भयो ।
मैत्रीपुर्ण खेलमा विजयी भएको प्रदेश ३ ले १० हजार रुपैया प्राप्त ग¥यो । मैत्रीपुर्ण खेलको विजेतालाई पनि प्रतियोगिताको मुख्य प्रायोजक रोज बहिनी सिर्जनशील समाजले १० हजार रुपैया प्रायोजन गरेको थियो । खेलको वुमन अफ दि म्याच दीपशिखाकाी कुमारी तामाङ घोषित भइन् । उनलाई अशोक बुढाथोकीले २ हजार रुपैया प्रदान गरे ।
दोस्रो चन्द्रागिरी गोल्डकपको फाइनल शनिबार हुदैछ । फाइनलमा सरस्वती युवा क्लब र भ्याली च्यासल युवा क्लबबीच प्रतिस्पर्धा हुदैछ । खेल दिउसो ३ बजेपछि हुने आयोजकले जनाएको छ ।
फाइनल अघिको एक दिन विश्राममा आयोजकले महिलाको मैत्रीपुर्ण खेल आयोजना गरेको हो ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]