7 years ago
May 17, 2019
काठमाडौं (हाम्रो खेलकुद) – शंखडोल डोजो र अन्तर्राष्ट्रिय कराँते खेलाडी विजय लामाले करातेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी र बौद्ध टुसाल भेट्रान्स समुहका खेलाडीलाई शुक्रबार सम्मानित गरेका छन् ।

विजयले आफ्नै पहलमा शंखडोल डोजोसँगको सहकार्यमा कराँतेका तीन खेलाडीलाई नगद र मायाको चिनोसहित तथा बौद्ध टुसाल भेट्रान्स समुहका १२ जना खेलाडीलाई ट्याकसुट र खादा ओढाएर सम्मानित गरेका हुन् ।
उनीहरुलाई खेलाडी लामासहित काठमाडौं क्षेत्र नम्वर ३ का सांसद कृष्ण बहादुर राई र समाजसेवी तुलसी पौडेलले सम्मानित गरे । कराँतेतर्फ आठौं राष्ट्रिय खेलकुदका स्वर्णधारी मन्डेकाजी श्रेष्ठ र आठौंकै स्वर्णधारी सोनाम लामा र सोनाम लामालाई जनही ५–५ हजारसहित सम्मानित भए ।
मन्डेकाजी पाँचौ, छैटौ र आठौंमा स्वर्ण जित्न सफल भएका हुन् । उनी नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका सहमहासचिव समेत हुन् । यस्तै पुलिसबाट व्यवसायिक खेल खेलिरहेका सोनामले छैटौ र सातौमा स्वर्ण जित्न सफल भएका थिए । यस्तै अर्का सोनाम लामाले आठौंमा स्वर्ण जित्न सफल भएका थिए ।
यस्तै बौद्ध टुसाल भेट्रान्स समुहका सुरज लामा, दावा लामा, कृष्ण लामा, इन्द्र लामा, बासु अवाल, धर्मेन्द्र लामा, विसन लामा, सजिन लामा, सुनिल लामा, विवेक लामा, उमेश लामा र अमर लामा सम्मानित भए ।
दुई एसियाली खेलकुद इन्चोन एसियाड र जाकर्ता एसियाडमा सहभागिता जनाइसकेका विजय लामा पछिल्लो समय खेलसँगै सामाजिक कार्यमा सक्रिय रहँदै आएका छन् । विजयले जकार्ता एसियाडमा पनि कराते टिमलाई ट्याकसुट प्रदान गरेको थियो ।
छैटौ राष्ट्रिय खेलकुदमा कास्य जितेका २४ वर्षीय विजयले सातौमा स्वर्ण जितेपनि आठौंमा सहभागिता जनाएको थिएन । उनले नेपालमै हुने १३औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण जित्ने लक्ष्य रहेको बताएका छन्
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]