7 years ago
May 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – साविकको उपविजेता विभागीय त्रिभुवन आर्मी क्लबले होम एण्ड अवे लिगको आधारमा राजधानीमा जारी क्वीक्स नेपाल बास्केटल लिगमा अर्काे विभागी टोली नेपाल पुलिस क्लबलाई पराजित गरेको छ ।

शनिबार भएको खेलमा आर्मीले पुलिसलाई ७५–६७ ले पराजित गरेको हो । निकै नै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो क्वाटरमा आर्मी १६–१७ ले पछि परेको थियो । दोस्रो क्वाटरमा आर्मीले २२–१६ ले अग्रता लिदा तेस्रो क्वाटरमा पुनः १६–१७ ले नै पछि परेको थियो । तर, अन्तिम सेटमा आर्मीले २१–१७ को अग्रता बनायो ।
आर्मीको जितमा आयुस सिंहले २० अंक जोडे । उनी नै खेलको म्यान अफ दि म्याच घोषित भए । उनले ३ हजार रुपैया पाए ।
शनिबारकै अर्काे खेलमा एएनके कीर्तिपुर बास्केटबल टिमले दि रोयल बास्केटबल क्लबमाथि ६३–६१ को कठिन जित निकाल्यो । शुरुका तीनै क्वाटरमा पछि परेको कीर्तिपुरले अन्तिम क्वाटरमा २४–८ को अग्रता लिदै जित निकाल्न सफल भएको हो ।
कीर्तिपुर पहिलो क्वाटरमा २२–१२, दोस्रोमा १३–१२ र तेस्रोमा १८–१४ ले पछि परेको थियो । कीर्तिपुरको जितमा सागर थापाले १२ अंकको योगदान दिए । उनी नै खेलको म्यान अफ दि म्याच घोषित भए । उनले ३ हजार रुपैया पाए ।
जितसँगै आर्मी ९ खेलबाट १७ अंक जोडेर शीर्षस्थानमा रहेको छ । दुई खेल कम खेलेको टाइम्स १४ अंक जोडेर दोस्रो स्थानमा यथावत छ । ७ र ८ खेल खेलेको गोल्डेनगेट र बुढानिलकण्ठ समान ११ अंकसहित तेस्रो र चौथो स्थानमा रहँदा ७ खेल खेलेको पुलिस १० अंक जोडेर पाचौ स्थानमा रहेको छ ।
प्रतियोगितामा आइतबार बुढानिलकण्ठ र दि रोयल बास्केटबल क्लब तथा बीएमसी साउथ साइडर्स गोल्डेनगेट कलेजबीच खेल हुनेछ ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]