default_image

10 years ago

May 12, 2016

सविता र रमेशलाई स्वर्ण

266 views

0 Bookmark

पञ्चोदय उमाविकी सविता चौधरी र कर्णाली उमाविका रमेश चौधरीले २१ औं विशेष विद्यालयस्तरीय राष्ट्रिय खेलकुदमा बिहीबार स्वर्ण जितेका छन् ।

Special sports nepal

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पूर्ण दृष्टिविहीनतर्फ छात्रा ५० मिटर दौडमा सविताले स्वर्ण जितेकी हुन् । लेबोरेटरी उमाविकी सनिता भट्टराई दोश्रो तथा नमुना मच्छिन्द्र माविकी जानु खनाल तेश्रो भए ।

रमेश सोही स्पर्धाको छात्रमा पहिलो बने । नमुना मच्छिन्द्रका शंकर थिङ दोश्रो तथा जनताधन उमाविका दीपक अधिकारी तेश्रो भए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको पूर्ण दृष्टिविहीनतर्फ छात्रा सफ्टबल थ्रोमा पञ्चोदय माविकी सविता चौधरी, आंशिक दृष्टिविहीनको छात्रा सफ्टबल थ्रोमा अमरसिंह उमाविकी सरिता घिमिरे, आंशिक दृष्टिविहीनको छात्र सफ्टबल थ्रोमा शिखर उमाविका चेतन सुनुवार तथा पूर्ण दृष्टिविहीनको छात्र सफ्टबल थ्रोमा पूर्वाञ्चल ज्ञानचक्षुका अमरदीप राई पहिलो भए ।

बहिरातर्फ छात्र १ सय मिटर दौडमा बाहिरा बाल उमाविका देवेन्द्र सारु मगर, छात्रा १ सय मिटर दौडमा बहिरा बाल उमाविकी पुष्पा खत्री, छात्र ४ सय मिटर दौडमा बहिरा बाल उमाविका दयानारायण चौधरी, छात्रा ४ सय मिटर दौडमा केन्द्रीय बहिरा उमाविकी लस्ता महर्जन, छात्र लङजम्पमा सिद्ध बहिरा बालकको स्कुलका धीरज शाही तथा छात्रा लङजम्पमा विराट बहिरा माविकी चमन खातुन शीर्ष स्थानमा रहे ।

शारीरिक अपाङ्गतर्फ १ बैशाखी लिएर १ सय मिटर दौडको छात्रा हापुर उमाविकी आशा चौधरी र छात्रमा साउथ प्वाइन्ट उमाविका पुरुषोत्तमराय दनुवार, बैशाखी नलिएर २ सय मिटर दौडको छात्रमा खगेन्द्र नवजीवनका सुरज कार्की र छात्रामा गंगा उमाविकी सुनीता नेपाली तथा बैशाखी नलिएर सटपुटको छात्रमा हल्दीवारी उमाविका भुवनलाल राजवंशी र छात्रामा गंगाकी सुनीता नेपाली पहिलो बने ।

आंशिक दृष्टिविहीनतर्फ १ सय मिटर दौडको छात्रामा अमरसिंह उमाविकी विनिता पुन तथा छात्रमा अमरसिंह उमाविका सूर्यबहादुर गुरुङले स्वर्ण जिते ।

प्रतियोगिताको राखेप सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच उद्घाटन गरे । एथलेटिक्स विधामा प्रतिस्पर्धा भइरहेको खेलकुदमा बहिरा, नेपाल अन्धा कल्याण संघ र शारीरिक अपाङ्गमा गरी जम्मा २ सय ७७ खेलाडी सहभागी छन् ।

शुक्रबार सम्पन्न हुने प्रतियोगितामा ३९ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ । हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १ हजार ५ सय, १ हजार र ५ सय रुपैयाँ नगद पुरस्कार पाउने छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव विष्टले शारीरिक रुपमा अपाङ्गता भएकाहरु मानसिक, क्षमता र भावनाका हिसाबले अपाङ्ग नभएको धारणा व्यक्त गरे ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.