default_image

7 years ago

May 21, 2019

दोस्रो अन्नपूर्ण म्याराथन जेठ तेस्रो साता

189 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको अन्नपूर्ण म्याराथन यसै महिना आयोजना हुने भएको छ ।

आयोजक अन्नपूर्ण काठमाडौं समाजले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै दोस्रो संस्करणको म्याराथन अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको अवसरमा जुन ३ अर्थात जेठ २० गते हुने जानकारी गराएको हो ।

म्याराथन सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हार्जाेगको टोलीले अन्नपुर्ण हिमालमा पहिलोपटक पाइला टेकेको दिनलाई अन्नपुर्ण आरोहण दिवसको अवसर पारेर आयोजना गर्न लागेको हो ।

म्याराथनमा नेपाली र विदेशी गरी करिव १ सय जना खेलाडीहरुले सहभागिता जनाउने प्रतियोगिता सह–संयोजक ऋषि भण्डारीले जानकारी गराए ।

दोस्रो संस्करणमा महिलाको प्रतिस्पर्धा राख्न नसकिएको संयोजक भण्डारीले बताए । काठमाडौंबाट सहभागी हुने खेलाडीलाई आउने, जाने लगायतको सम्पूर्ण खर्च आयोजकले बेहोर्ने छन् ।
म्याराथन अन्नपूर्ण आधार शिविरबाट सुरु भई माछापुच्छ्रे आधार शिविर, वगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, घुर्जुङ, टाढापानी हुँदै घान्द्रुक आएर सकिने छ ।

म्याराथनको विजेताले १ लाख ५ हजार रुपैया पुरस्कार पाउनेछन् । त्यस्तै दोस्रोले ७५ हजार र तेस्रो हुनेले ५५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । चौथो देखि दशौसम्मले ११ हजारदेखि ५ हजार रुपैया पाउनेछ ।

नेपाली खेलाडीका लागि १ हजार रुपैया र विदेशीका लागि ३५० डलर दर्ता शुल्क तोकिएको छ ।
म्याराथन र महोत्सवको उद्घाटन युवा तथा खेलकुद मन्त्री जगत बहाखुर सुनार र समापन पूर्व प्रधानमन्त्री शेर बहादुर देउवगाले गर्नेछन् ।

पहिलो संस्करणमा आर्मीका हरि कुमार रिमाल च्याम्पियन बनेका थिए ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.