7 years ago
May 27, 2019
काठमाडौं (हाम्रो खेलकुद ) – नेपाल वादोरियो कराते डो संघको आयोजनामा चौथो अन्तर्राष्ट्रिय कराते विशेष प्रशिक्षण सोमबार सम्पन्न भएको छ ।

एकदिने प्रशिक्षणमा ७५ जनाले सहभागिता जनाएको वादोरियो कराते संघका अध्यक्ष समेत रहेका नेपाल कराते महासंघका महासचिव हरिशरण केसीले जानकारी गराए ।
युएसए वादोरियो करातेका प्रमुख प्रशिक्षक सोजी निसिमुराले प्रशिक्षण दिएका थिए । निसिमुराले नै प्रशिक्षणको उद्घाटन पनि गरेका थिए । उनी आइतबार मात्रै काठमाडौं आएका थिए ।
वादोरियो कराते डो संघकै आयोजनामा चौथो अन्तर्राष्ट्रिय कराते प्रतियोगिता मंगलबारदेखि सुरु हुँदैछ । दुईदिने प्रतियोगितामा पुरुषतर्फ २०, २५, ३०, ३५, ४०, ४५, ५०, ५५, ६०, ६५ केजी तौल समूह र खुल्लामा प्रतिस्पर्धा हुनेछ । महिलामा ३५, ४०, ४५, ५०, ५५ केजी तौल समूह र खुल्लामा प्रतिस्पर्धा हुनेछ । महिला र पुरुषमा सिनियर र जुनियर काता हुनेछ । यु–१४ मा पनि ब्वाइज र गल्र्समा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
च्याम्पियनसिपमा नेपालसहित ९ देशका करिव ४ सय ४५ खेलाडीले २३ स्वर्ण, २३ रजत र ४६ कास्यका लागि प्रतिस्पर्धा गर्नेछ । च्याम्पियनसिपमा नेपालसँगै भारत, भुटान, बंगलादेश, श्रीलंका, जापान, अमेरिका, पाकिस्तान र म्यानमारको सहभागिता रहेको छ । च्याम्पियनसिप बसुन्धारास्थित यति इभेन्ट्समा हुनेछ ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]