7 years ago
June 1, 2019
एजेन्सी – कीर्तिमानी च्याम्पियनद्धय दोस्रो र तेस्रो वरीयताका राफयल नाडाल र रोजर फेडेरर फ्रेन्च ओपनको चौथो चरणमा प्रवेश गरेका छन् ।

पेरिसमा शनिबार राति भएको खेलमा दोस्रो वरीयताका स्पेनिस नाडालले बेल्जियन डेभिड गोफिनलाई ३–१ को सेटमा पराजित गर्दै चौथो चरणमा पुग्न सफल भएको हो । नाडालले फेडेररमाथि ६–१, ६–३, ४–६ र ६–३ को जित निकाल्यो । अब नाडालले अर्जेन्टिनाका जुवान लोन्डेरोसँग खेल्नेछ ।
तेस्रो वरीयताका स्वीडिस रोजर फेडेररले नर्वेका कास्पर रुडलाई ६–१, ६–३ र ७–६ ले हरायो ।
चौथो चरणमा पुगेसँगै २००९ को च्याम्पियन ३७ वर्षीय रोजर फेडेरर फ्रेन्च ओपनको चौथो चरणमा प्रवेश गर्ने पाका खेलाडी बनेका छन् । जिम्मी कोनोर्स सन् १९९१ मा चौथो चरणमा प्रवेश गरेका थिए ।
सन् २०१५ पछि पहिलोपटक फ्रेन्च ओपन खेलेका फेडेररले अब चौथो चरणमा अर्जेन्टिनाका लियोनार्दाे मेयरसँग प्रतिस्पर्धा गर्नेछ ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]