default_image

7 years ago

June 6, 2019

तेक्वान्दो एकेडेमीको उद्घाटन

169 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सातदोबाटोमा निर्मित नेपाल तेक्वान्दो एकेडेमी भवनको बिहीबार उद्घाटन गरिएको छ । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले एकेडेमीको एक कार्यक्रमबीच उद्घाटन गरे ।

८ करोड ७६ लाख २२ हजार ४ सय ३१ रुपैयाँ लागतमा निर्मित एकेडेमी ४ तलाको छ । एकेडेमीमा कक्षा कोठा, कार्यालय कक्ष, तालिम हल, प्रतियोगिता हल, चेन्जिङ रुम, भीआईपी प्यारापिट, साधारण प्यारापिटलगायत छन् ।

एकेडेमी निर्माण गर्न करिब ४ वर्ष ६ महिना लागेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत पूर्वाधार निर्माण तथा मर्मत शाखाका इन्जिनियर राजु श्रेष्ठले जानकारी दिए । नेपाल सरकार मार्फत राष्ट्रिय खेलकुद परिषद्को लगानीमा एकेडेमी निर्माण गरिएको हो ।

अघिल्लो दिन बुधबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हाता भित्र निर्मित कराते एकेडेमीको पनि खेलकुद मन्त्री विश्वकर्माले उद्घाटन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री विश्वकर्माले तेक्वान्दोले गर्व गर्न लायक पूर्वाधार पाएको बताउदै नेपाली खेलकुदले अझै पनि पर्याप्त भौतिक संरचना नपाइरहेको अवस्था रहेको बताए ।

राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनाले आठौं सागमा नेपालले हासिल गरेको उपलब्धीलाई दोहो¥याउन एकेडेमी महत्वपूर्ण साबित हुने विश्वास व्यक्त गरे ।

राखेपका सदस्य–सचिव केशवकुमार विष्टले एकेडेमी तेक्वान्दोको गुरुकुलका रुपमा स्थापित हुने विश्वास व्यक्त गर्दै प्राथमिकतामा परेका सबै खेलको एकेडेमी निर्माण गर्ने योजना रहेको बताए । उनले एकेडेमीबाट थुप्रै दीपक विष्ट र संगीना वैद्य जस्ता खेलाडी उत्पादान हुन सकुन् भनी कामना गर्दै एकेडेमी चाँडै नै नेपाल तेक्वान्दो संघलाई हस्तान्तरण गरिने बताए ।

तेक्वान्दो संघका सचिव समेत रहेका सागका कीर्तिमानी ४ स्वर्ण विजेता दीपक विष्टले एकेडेमी निर्माण गरिदिएकोमा नेपाल सरकार र राखेपलाई धन्यवाद दिदै नेपाली तेक्वान्दोले रचेको इतिहासलाई नयाँ पीढीले दोहो¥याउने विश्वास व्यक्त गरे ।

सो अवसरमा नेपाल तेक्वान्दो संघले नेपाली खेलकुदको विकास र विस्तारमा योगदान पु¥याएवापत खेलकुद मन्त्री विश्वकर्मा र सदस्य–सचिव विष्टलाई दोसल्ला ओढेयाउनुका साथै सम्मान पत्र प्रदान गरी सम्मान गरेको थियो ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.