default_image

5 years ago

June 7, 2019

मनमैजु टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – मनमैजु उसु क्वानले दोश्रो अन्तर क्वान खुला राष्ट्रिय उसु प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । जातिय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगितामा मनमैजुले ११ स्वर्ण, ४ रजत र ७ कांस्य जित्यो । नेपाल उसु महासंघको संयोजनामा त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको प्रतियोगितामा ८ स्वर्ण, ३ […]

47 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मनमैजु उसु क्वानले दोश्रो अन्तर क्वान खुला राष्ट्रिय उसु प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । जातिय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगितामा मनमैजुले ११ स्वर्ण, ४ रजत र ७ कांस्य जित्यो ।

नेपाल उसु महासंघको संयोजनामा त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको प्रतियोगितामा ८ स्वर्ण, ३ रजत र २ कांस्यसाथ शिअ उसु क्वान दोश्रो भयो । तेश्रो स्थानको बुद्ध प्रकाश उसु क्वानले ६ स्वर्ण, १२ रजत र ६ कांस्य हात पा¥यो । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार जिते ।

थाउलोको पुरुषमा मनमैजुका अमरबहादुर पुलामी र महिलामा शिअकी सम्झना चौधरी उत्कृष्ट खेलाडी चुनिए । सान्सौंको पुरुषमा डोल्पा उसु क्वानका रोहित चौधरी र महिलामा मनमैजुकी नविना विक उत्कृष्ट खेलाडी बने । उत्कृष्ट चारैले ५ हजारका दरले नगद पुरस्कार पाए ।

विजेतालाई पूर्व युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपाली, उसु महासंघका अध्यक्ष समेत रहेका राखेपका सदस्य–सचिव केशवकुमार विष्ट, राखेपका कोषाध्यक्ष शैलेश कर्माचार्य, नेपाल ओलम्पिक कमिटीका सह–महासचिव राजीव श्रेष्ठ, उसु महासंघका महासचिव लाक्पा लामालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । चारदिने प्रतियोगितामा ३२ टिमका २ सय ८७ खेलाडीले विभिन्न ३५ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

May 5, 2024

विशालले सिड्नी भलिबल लिग खेल्ने

दिल तामाङ,सिड्नी नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य विशाल बहादुर बिकले अस्ट्रेलियाको सिड्नी भलिबल लिग (एसभिएल) खेल्ने भएका छन् । ओपन स्पाइकर विशाल प्रो भलिबल एकेडेमीमा आबद्ध भएका छन् । यससँगै विशाल एसभिएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् । उनी दक्षिण एसियाली मुलुक भन्दा बाहिरका देशबाट खेल्ने दोस्रो नेपाली पुरुष खेलाडी हुनेछन् । यसअघि […]

May 4, 2024

सोमपाल गीता एभिएसनको ब्रान्ड एम्बासेडर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर सोमपाल कामीलाई गीता एभिएसनले आफ्नो ब्रान्ड एम्बास्डरका बनाएको छ । सोमपाललाई‌ गीता एभिएसनले शुक्रबार ब्रान्ड एम्बासेडरका रूपमा अनुबन्ध गरेको हो। नेपाल टि ट्वान्टी विश्वकप खेल्न अमेरिका / वेस्ट इन्डिज जानुअघि सोमपाल ब्रान्ड एम्बासेडर नियुक्त भएका हुन् । यो अनुबन्धनले नेपाली खेलकुद र गीता एभिएसन दुवै पक्षको […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.