default_image

6 years ago

June 8, 2019

जुनियर राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु

182 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – जुनियर कोटेश्वर राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शनिबार सुरु भएको छ । आयोजक कोटेश्वर तेक्वान्दो डोजाङको आफ्नै हलमा जारी प्रतियोगिताको प्रदेश ३ का सभामुख सानु कुमार श्रेष्ठले उद्घाटन गरे ।

उद्घाटन समारोहको अबसरमा नवनियुक्त राष्ट्रिय खेलकुद परिषद्का तालीम तथा प्रशिक्षण विभागका प्रमुख अर्जुन बि.क अहिल नेपाल फुटबल संघकाक महासचिव इन्द्रमान तुलाधर र काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष प्रमोद पराजुलीलाई सम्मान गरिएको छ ।

पहिलो दिन भएको पुरुष २० किलो तौल समुहमा कोटेश्वरका इमन राना मगर पहिलो, भक्तपुरका समराज तामाङ दोश्रो तथा ललीतपुरका प्रीन्स थापा र प्रदेश नम्बर पाचँका मुस्कान कुवँर तेश्रो भए । १८ किलो समुहमा प्रदेश नम्बर तीनका तानीस बस्नेत पहिलो तथा ललीतपुरका सफल मर्हजन दोश्रो भए । सो स्पर्धामा काठमाडौंका अरुष राइ र एक नम्बर प्रदेशका सुजित राइ तेश्रो भए ।

३७ किलो तौल समुहमा ललीतपुरका सागर घिमिरे पहिलो, तीन नम्बर प्रदेशका सुमन उप्रेती दोश्रो, काठमाडौंका आशिष तामाङ र दुइ नम्बर प्रदेशका सिद्धान्त प्रजापती तेश्रो भए । ३४ किलो तौल समुहमा दुइ नम्बर प्रदेशका सुदिप नेपाली पहिलो र ललीतपुरका प्रज्वल परियार दोश्रो भए । पाचँ नम्बर प्रदेशका हिमाल श्रेष्ठ र भक्तपुरका क्रिस काछीचुवा तेश्रो भए ।

महिला २५ किलो तौल समुहमा पाचँ नम्बर प्रदेशकी रश्मि तामाङ पहिलो,ललीतपुरकी श्रृष्टि लामा दोश्रो तथा कोटेश्वरकी रञ्जिता थापा र सुदुर पश्चिमकी सारिका बुडाल तेश्रो भए । २८ किलो तौल समुहमा तीन नम्बर प्रदेशकी करुणा ढुगाना पहिलो,भक्तपुरकी युनिषा राइ दोश्रोे तथा काठमाडौंकी सम्झना तामाङ र कर्णालीकी आशा शाही तेश्रो भए ।

३० किलो तौल समुहमा ललीतपुरकी सुजिता तामाङ पहिलो,तीन नम्बर प्रदेशकी कृत्तिका कार्की दोश्रो तथा भक्तपुरकी ऋत्तिका मर्हजन र प्रदेश नम्बर पाचँकी सजना भण्डारी तेश्रो भए ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.