default_image

6 years ago

June 9, 2019

संगीना सम्मानित

489 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पियन संगीना बैद्य र कराते खेलाडी प्रदीप थापा आइतबार सम्मानित भएका छन् । आइतबार राजधानीमा आयोजित कार्यक्रममा शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठानले ओलम्पियन बैद्य र थापालाई सम्मान गरेको हो ।

sangina-baidya
संगिना वैद्य । फाइनल तस्बिर

उनीहरुलाई सभामुख कृष्णबहादुर महरा र पूर्व युवा तथा खेलकुदमन्त्री हितबहादुर तामाङले नगद १० हजारसहित सम्मान गरे । सो अवसरमा रेस्लिङ खेलाडी नुवाकोटे टाइगरलाई पनि सम्मान गरिएको थियो ।

तीनै जना खेलाडी नुवाकोटका हुन् । संगीना सन् २००४ मा ग्रिसको एथेन्समा आयोजना भएको ओलम्पिक खेलकुदमा छनोट चरण पूरा गर्दै सहभागी भएकी थिइन् ।

उनी छनोट चरण पार गरेर ओलम्पिकमा सहभागी हुने पहिलो नेपाली खेलाडी हुन् । यस्तै सन् १९९६ मा अस्ट्रेलियाको मेलवर्नमा आयोजना भएको एसियन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी थिइन् । एसियाली क्षेत्रमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी हुन् ।

यस्तै प्रदीप थापाले सन् २०१८ अक्टोबरमा रुसको सेन्ट पिटर्सवर्गमा आयोजना भएको युरोपियन अल स्टार स्पोर्ट्स हाप्किडो च्याम्पियनसिपमा कांस्य पदक जितेका थिए । यस्तै नुवाकोटे टाइगरले गत मेमा काठमाडौंमा आयोजना भएको एमकेडब्लु बेल्ट एन्ड रोड च्याम्पियनसिपको उपाधि जितेका थिए ।

शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठान प्रदेश नम्बर ३ की उपसभामुख राधिका तामाङले आफ्नो आमाबुवाको स्मृतिमा स्थापना गरेको संस्था हो ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.