default_image

6 years ago

June 16, 2019

अन्तर्राष्ट्रिय करोतमा पर्शुरामलाई स्वर्ण

174 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चेक रिपब्लिकमा भएको सातौं अन्तर्राष्ट्रिय कराते लायन्स कपमा नेपालका पर्शुराम बास्तोलाले स्वर्ण जितेका छन् । समग्रमा नेपालले १ स्वर्ण र ४ रजतपदकसहित पाँचौ स्थान हात पारेको छ ।

१४ जुनदेखि १६ जुनसम्म आयोजना भएको अन्तर्राष्ट्रिय करातेमा नेपालका लागि पर्शुराम बास्तोलाले व्यक्तिगत काता मास्टर ३५–४५ मा स्वर्ण जिताए । पहिलो राउनडमा अष्ट्रेलियाबाट वाकओभर पाएका पर्शुले क्वाटरफाइनलमा डोकिन रिपब्लिकलाई ५–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका थिए । पर्शुले सेमिफाइनलमा चेकरिपब्लिकलाई ३–२ ले तथा फाइनलमा चेककै खेलाडीलाई पराजित गर्दै स्पर्ण दिलाएका हुन् ।

व्यक्तिगत कता सिनियरमा पर्शुरामले रजत जिते । पर्शुरामले पहिलो राउन्डमा चेकका खेलाडीलाई ३–२ ले पराजित गरेको थियो । क्वाटरफाइलमा स्लोभाकियालाई ४–१ र सेमिफाइालमा मालीलाई ५–० ले पराजित गरेको पर्शुराम फाइनलमा आयोजक चेकका खेलाडीसँग ३–२ ले पराजित हुदै रजतमा चित्त बुझाए ।

यु–२१ ब्वाइज ६० केजी तौल समूहमा दोर्जी लामाले रजत जिते । उनी फाइनलमा चेकका खेलाडीसँग ४–० ले पराजित भए । यु–२१ ६७ केजी तौलसमूहमा रोहित बुढाथोकी फाइनलमा १५ सेकेन्डको समयमा चुक्दा चेकका खेलाडीसँग १–० ले पराजित हुदै रजतमा खुम्चिए ।

सिनियर ७५ केजी ब्वाइज कुमुतेमा सुशिल पौडेलले पनि रजत जिते । उनी फाइनलमा चेकका खेलाडीसँग ३–७ ले पराजित भए । नेपाली टोलीको कप्तानी पर्शुराम बास्तोलाले गरेको थियो ।

सातौं अन्तर्राष्ट्रिय कराते लायन्स कपमा सहभागी हुन ४ सदस्यीय नेपाली कराते टोली गत बुधबार चेक प्रसथान गरेको थियो । सातौं अन्तर्राष्ट्रिय कराते लायन्स कपमा १८ देशका विभिन्न ६२ क्लबका करिव १ हजार खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

पर्शुराम कराते वान सिरिज ए मोन्ट्रियलमा सहभागी हुन चेकबाटै क्यानाडा जाने छन् । उक्त प्रतियोगिता जुन २१ देखि २३ तारिखसम्म हुनेछ । क्यानाडाको प्रतियोगितामा सोनाम लामाले पनि प्रतिस्पर्धा गर्ने छन् । सोनाम नेपालबाट जुन १८ मा क्यानाडा जाँदैछन् ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.