default_image

10 years ago

May 21, 2016

राष्ट्रिय बुद्धिचालमा भुपेन्द्रको अग्रता

267 views

0 Bookmark

काठमाडौं – क्यान्डिडेटमास्टर भुपेन्द्र निरौलाले ईलाममा जारी १९ औं राष्ट्रिय बुद्धिचाल च्याम्पियनशीपमा एकल अग्रता लिएका छन् । शनिबार चौथो चरणको खेलमा निरौलाले वर्तमान राष्ट्रिय च्याम्पियन समेत रहेका नेपाल आर्मी क्लबका क्यान्डिडेटमास्टर केशव श्रेष्ठलाई हराउँदै अग्रता लिन सफल भएका हुन् । कालो गोटिबाट खेलेका भुपेन्द्रले स्कच डिफेन्स प्रणालीमा भएको खेलको २३ औं चालमा केशवले गरेको सानो गल्तिको फाईदा लिँदै ६५ औं चालमा जीत हात पारेका हुन् । तेश्रो चरणको खेलमा सर्लाहीका कमल श्रेष्ठलाई पराजित गरेका भुपनेन्द्रको ४ खेलबाट ४ अंक छ ।

बुद्धिचालसिवानी एयरलाईन्सको मुख्य प्रायोजन तथा नेपाल निमार्ण व्यवसायी महासंघ र गजुरमुखी निर्माण कम्पनीको सह प्रायोजनमा स्थानीय समिट होटलमा जारी च्याम्पियनशीपमा ललितपुरका ओलम्पियाड खेलाडी ३ दशमलब ५ अंकका साथ दोश्रो स्थानमा रहेका छन् । तेश्रो चरणमा फिडेमास्टर मनिष हमाललाई समेत बराबरीमा रोकेका सजिनले चौथो चरणको स्पर्धामा राष्ट्रिय एमेच्योर च्याम्पियन क्षितीज भण्डारीलाई पराजीत गरेका हुन् ।
नेपाल आर्मी क्लबका हिमाल लामा, नेपाल पुलिस क्लबका पुरुषोत्तम चौंलागाईं, पूर्व राष्ट्रिय च्यामिपयन नविन तण्डुकार तथा फिडेमास्टरत्रय मनिष हमाल, बिलमलाल श्रेष्ठ र सुजेन्द्रप्रसाद श्रेष्ठले चार खेलबाट समान तीनतीन अंक बनाएका छन् । आर्मीका हिमाल तेश्रो चरणमा फिडेमास्टर सुजेन्द्रसँग बराबरीमा रोकिए भने चौथो चरणमा कमल श्रेष्ठलाई हराउन सफल भए । त्यसैगरी पुलीसका पुरुषोत्तमले तेश्रो तथा चौथो चरणमा क्रमशः काठमाडौंका भगवतीप्रसाद शर्मा तथा ललितपुुरका बाबुराजा महर्जनलाई हराए । तेश्रो चरणमा सजिनसँग रोकिएका मनिषले चौथो चरणमा समेत बिलमलालसँग बराबरीको नतिजा व्यहोरे । उता बिलमलालले तेश्रो चरणमा क्यान्डिडेटमास्टर रिजेन्द्र राजभण्डारीमाथि जीत हात पारे भने सुजेन्द्रले चौथो चरणमा भक्तपुरका विकास कुलुजुलाई हराए ।
केशव श्रेष्ठ, रिजेन्द्र राजभण्डारी, क्षितीज भण्डारी, ललितपुरका रविन्द्र शाक्य, झापाका प्रकाश नेपाल तथा एपीएफ क्लबका सुमित पन्तको समान २ दशमलब ५ अंक भएको छ ।
चौथो महिला राष्ट्रिय चेस च्याम्पियनसीपमा मोनालीसा खम्बु र अस्मीता अधिकारी समान ३ दशमलब ५ अंकका साथ संयुक्त अग्रता बनाउन सफल भए । पूर्व च्याम्पियन समेत रहेकी मोनाले चौथो चरणमा वर्तमान च्याम्पियन विना जयसवाललाई पराजीत गरिन भने अस्मिताले नेशनल बी च्याम्पियन सिन्दिरा जोशीलाई हराईन । सिन्दीरा, वुमन क्यान्डिडेटमास्टर सुरुची थिङ समान तीनतीन अंकमा रहेका छन् । त्यसैगरी एपिएफका शान्ता थापा, विना जयसवाल तथा संगीता जयसवालको समान २ दशमलब ५ अंक भएको छ । बिशेखा जयसवाल, आभा पुडासैनी, अनिशा न्यौपाने, सुजना लोहनी, अन्जु शाह समान दुई दुई अंकमा रहेका छन् ।
नेपाल बुद्धिचाल संघको आयोजना तथा ईलाम जिल्ला बुद्धिचाल संघ र गजुरमुखी चेस क्लबको स्थानीय व्यवस्थापनमा भईरहेको च्याम्पियनशीप अन्र्तगत आईतबार पाचौं तथा छैटौं चरणका खेल हुनेछन् ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.