6 years ago
June 22, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक प्रदेश ३ प्रदेश स्तरीय राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा २० पदकसहित टिम च्याम्पियन बन्न सफल भएको छ ।

सातदोबाटोस्थित नवनिर्मित तेक्वान्दो हलमा शनिबार सम्पन्न भएको प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा प्रदेश ३ ले ८ स्वर्ण, ५ रजत र ७ कास्यगरी कुल २० पदकसहित टिम च्याम्पियन बन्न सफल भएको हो
प्रदेश २ ले ५ स्वर्ण, ६ रजत र ३ कास्यसहित कुल १४ पदक जितेर दोस्रो स्थान हात पा¥यो । प्रदेश ७ ले ३ स्वर्ण, ४ रजत र ४ कास्यसहित कुल ११ पदक जितेर तेस्रो स्थान हात पा¥यो ।
महिला ६७ केजीमा कर्णालीकी इला केसीले स्वर्ण, प्रदेश ७ की सदीक्षा गैरेले रजत तथा प्रदेश ५ की रामरति थारु र प्रदेश ३ की मेलिना गुरुङले कास्य जितिन् । ६३ केजीमा प्रदेश ३ की बिमला लामाले स्वर्ण जिते । प्रदेश ५ की सृष्टि सरतुङ्गेले रजत तथा प्रदेश ७ की कोपिला र गण्डकीकी सुस्मिता डाँगीले कास्य पायन् ।
महिला ५७ केजी तौल समूहमा प्रदेश ३ की सुस्मिता मोक्तानले स्वर्ण, प्रदेश ७ की नवीना महराले रजत तथा कर्णालीकी सुष्मा सिंह र प्रदेश १ की आकृति राईले कास्य जितिन् । ५३ केजीमा प्रदेश ५ की ममता रिजालले गण्डकीकी पवित्रा बयलकोटीलाई पराजित गर्दै स्वर्ण जितिन् । प्रदेश ७ की प्रिया डाँगी र प्रदेश ३ की सन्जिता तिमल्सिनाले कास्य पाए ।
४९ केजी तौलमा प्रदेश ३ की आयशा शाक्यले स्वर्ण जितिन् । प्रदेश ७ कीपुजा कुवँरले रजत तथा प्रदेश १ की रक्षा रिमाल र गण्डकीकी अन्जना परियाले कास्य जितिन् । महिला ४६ केजीमा गण्डकीकी रश्मी श्रेष्ठले प्रदेश २ की मनिषा वाइवालाई पराजित गर्दै स्वर्ण जित्न् ि। प्रदेश ३ की अस्मिता महर्जन र प्रदेश ५ की चन्द्राकला घर्तीमगरले कास्य पाइन् । महिला ४३ केजीमा प्रदेश ३ की रिना लामाले प्रदेश १ की क्षितिजा गुरुङलाई पराजित गर्दै स्वर्ण जितिन् । गण्डकीकी सन्जय माझी र रीता विकेले कास्य पाए ।
पुरुष ७४ केजीमा प्रदेश ५ का किरण बहादुर आलेले स्वर्ण, प्रदेश ३ का दिनेश सुनारले रजत तथा प्रदेश २ का दिवस अधिकारी र गण्डकीका ईश्वर नोपलले कास्य हात पारे ।पुरुष ६८ केजीमा प्रदेश १ का जीवन कुमार तामाङले स्वर्ण, प्रदेश २ का जयकी यादवले रजत तथा प्रदेश ३ की विनोद बस्नेत र गण्डकीका हेमन्त गरुङले कास्य पाए ।
पुरुष ६३ केजीमा प्रदेश २ का विक्रान् डाँगीले स्वर्ण, प्रदेश ७ का दिल बहादुर डाँगी ले रजता तथा प्रदेश ५ की प्रभाकार गुप्ता र कर्णालीका दिलिप शमालै कास्य पाए । पुरुष ५८ केजीमा प्रदेश ७ का रन्जित साउदले प्रदेश ३ का शिवहरि श्रेष्ठलाई पराजित गर्दै स्वर्ण जिते । प्रदेश ५का पुष्पराज चौधरी र गण्डकीका सुरज कडेलले कास्य जिते ।
टिम पुम्से पुरुषमा प्रदेश ३ ले स्वर्ण जित्यो । प्रदेश २ ले रजत तथा गण्डकी र प्रदेश ७ ले कास्य पायो । मसहलामा प्रदेश २ ले स्वर्ण, प्रदेश ३ ले कास्य तथा गण्डकी र प्रदेश ५ ले कास्या पायो ।
नेपाल तेक्वान्दो संघ प्रदेश नम्वर ३ ले आयोजना गरेको दुई दिने प्रतियोगितामा सात प्रदेशको सहभागिता रहेको थियो ।
विजयी टिम तथा खेलाडीहरुलाई नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्बेन्द्र खनाल लगायतले पुरस्कृत गरे ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]