10 years ago
May 25, 2016
दिल्ली (एजेन्सी)- सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो प्ले अफका लागि छनोट भएको छ । दिल्लीको फिरोज शाह कोट्ला मैदानमा बुधबार राती भएको इलिमिनेटर खेलमा कोलकाता नाइट राइडर्सलाई २२ रनले हराउँदै हैदराबाद प्ले अफका लागि छनोट भएको हो । अब आइपिएल उपाधिका लागि तीन टोलीमात्र बाँकी रहेका छन् । कलाकार शाहरुख खानको कोलकाता भने प्रतियोगिताबाट बाहिरीएको छ ।
हैदराबादले अब प्ले अफमा गुजरात लायन्सको सामना गर्नेछ । गुजरात पहिलो प्ले अफको पराजित टोली हो । मंगलबार गुजरातलाई हराउँदै रोयल च्यालेन्जर्स बैंगलोर फाइनल पुगिसकेको छ । अब गजरात र हैदराबादबीचको विजेताले बैंगलोरसँग फाइनल खेल्नेछ ।
१ सय ६३ रनको लक्ष्य पछ्याएको कोलकाताले ८ विकेटको क्षेतिमा १ सय ४० रनमात्र बनाउन सक्यो । हैदराबादको कशिलो बलिड् सामूह कोलकाताका ब्याट्सम्यानले खुलेर खेल्न सेकनन् । मनीष पाण्डले सबैभन्दा बढी ३६ रन बनाए । ठूलो साझेदारी गर्न नसकेको कोलकाताका लागि कप्तान गौतम गम्भिरले २८, कालिन मुर्नोले १६, सूर्यकुमार यादवले २३ रन बनाए
हैदराबादका भुवनेश्वर कुमारले ३, हेन्रिक्वेजले २, बिरेन्द्र स्रान र बेन कटिड्ले समान १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिडको निम्ता पाएको हैदराबादले माथिल्लो क्रमका ब्याट्सम्यानको सामूहिक प्रदर्शनमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६२ रन जोडेको थियो । टोलीका लागि सबैभन्दा बढी युवराज सिंहले बनाएका थिए । उनले ४४, मोसिस हेन्रिक्वेजले ३१, ओपनर डेभिड वार्नरले २८, दीपक होड्डाले २१, अर्का ओपनर शिखर धवनले १० रन बनाएका थिए । तल्लो क्रमका अविजित विपुल शर्माले १४ रन जोडेका थिए ।
चौथो नम्बरमा ब्याटिड् गरेका युवरालले ३० बल खेल्दै ८ चौका र १ छक्का प्रहार गरेका थिए । हेरिक्वेजले २१ बलमा १ चौका र २ छक्का प्रहार गरे ।
कोलकाताका लागि कुलदिप यादवले ४ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए भने मोर्ने मोर्केल र जासन होल्डरले समान २ विकेट लिए ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]