6 years ago
July 13, 2019
एजेन्सी – तेस्रो वरीयताका स्विस टेनिस स्टार रोजर फेडरर बेलायतमा जारी विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गरेका छन् ।

शुक्रबार राति सेन्ट्रल कोर्टमा भएको खेलमा फेडेररले दोस्रो वरीयताका स्पेनिस रफायल नाडाललाई ३–१ को सेटमा हराउँदै उपाधिनजिक पुगेका हुन् ।

फेडेररले शुरुवाती सेट ७–६ ले जितेपनि दोस्रो सेट १–६ ले गुमाएको थियो । तर, बाँकी दुई सेट फेडेररले ६–३ र ६–४ ले आफ्नो पक्षमा पार्दै नवौं पटक विम्बल्डनको उपाधिनजिक पुगेका हुन् ।
उनले फाइनलमा आइतबार शीर्ष वरीयताका सर्वियन नोभाक जोकोभिचसँग खेल्नेछन । यता जोकोभिचले बाउटिस्टा अगुटलाई हराउँदै फाइनलमा स्थान बनाएका हुन ।
फेडेररले फाइनलमा जोकोभिचलाई हराएमा नबौ पटक यो प्रतियोगिताको उपाधि जित्ने मार्टिनासँगको रेकर्ड बराबरी गर्नेछन ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]