6 years ago
July 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली कराते टोली एसियन कराते फेडेरेसनको आयोजनामा हुने १६औं संस्करणको एकेएफ सिनियर कराते च्याम्पियससिपको लागि सोमबार प्रतियोगितास्थता उज्जेकिस्तानको तासकेन्ट प्रस्थान गरेको छ ।

६ सदस्यीय नेपाली टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको हो । नेपाली टोलीमा पर्शुराम बास्तोला, विजय श्रेष्ठ, राजीव पुडासैनी, नवीन रसाइली, अनु अधिकारी र एस्टर राई रहेका छन् ।
पुरुषतर्फ पर्शुरामले एकल कातामा आफ्नो चुनौती पेश गर्नेछन् । विजयले ५५ केजीमुनि, राजीवले ६० केजीमुनि र नवीनले ६७ केजीमुनि प्रतिस्पर्धा गर्नेछ ।
महिलामा अनु अधिकारीले ५५ केजीमुनि र एस्टर राईले ६० केजीमुनि आफ्नो चुनौती पेश गर्नेछिन् ।
च्याम्पियनसिप १५ जुलाईदेखि २१ जुलाइसम्म हुनेछ । नेपाली खेलाडीले १९ देखि २१ जुलाईमा प्रतिस्पर्धा गर्नेछन् ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]