6 years ago
July 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नवौं थाइल्याण्ड ओपन कराँते च्याम्पियनसिपमा एक स्वर्ण पदक, एक रजत र दुई कास्य पदक हासिल गरेका पदकधारी खेलाडीहरु सहित नेपाली कराते टोली बुधबार साँझ स्वदेश फर्किएको छ ।

थाइल्याण्डको बैंककस्थित इन्डोर स्टेडियम हौमार्कमा भएको खेलमा ४८ केजी मुनिको तौल समुहमा कुमुतेतर्फ सबिना श्रेष्ठले चीनकी खेलाडीलाई पराजित गरि नेपालको लागि स्वर्ण पदक हासिल गरेकी थिइन् ।
सोनी राईले ५३ केजी मुनिको तौल समुहमा कुमुतेतर्फ रजतपदक, अनिस लामीछानेले ५५ केजीमुनि र राजकुमार रसाईलीले ६७ केजी मुनिको तौल समुहमा कुमुतेतर्फ कास्यपदक हासिल गर्न सफल भए ।
नेपाली टोलीलाई जिल्ला युवा समितिका काठमाडौका अध्यक्ष निरेशलाल सिंह, तारकेश्वर नपा र टोखा नपाका जनप्रतिनिधिहरु अमृत थापा, श्याम मर्हजन, सानुकान्छा मर्हजन, श्रीकाजी मर्हजन रिदेशलाल सिंह साथै मनमैजु डोजो र मनमैजु स्पोटर््स क्लबका सल्लाहाकार र स्थानिय बुद्घिजिबि, खेलप्रेमी लगायतले बाजागाजा सहित नेपाली कराते टोलीलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]