default_image

10 years ago

June 2, 2016

दोस्रो दिन पनि विपनाको कीर्तिमान

161 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- पश्चिमाञ्चलकी विपना परियारले आठौं राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड विद्यालय खेलकुदको दोश्रो दिन बिहीबार पनि राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विपनाले छात्रा लङजम्पमा ५.०९ मिटर जम्प लगाउदै पश्चिमाञ्चलकै कृष्णा चौधरीले २०६९ सालमा बनाएको ४.७७ मिटरको कीर्तिमान भंग गरिन् । बुधबार विपनाले ट्रिपलजम्पमा १०.५२ मिटर हामफाल्दै विद्यालयस्तरको कीर्तिमान बनाएकी थिइन् । मध्यपश्चिमाञ्चल प्रमिला चौधरी दोश्रो र पश्चिमाञ्चलकी शशी चौधरी तेश्रो भए । दोश्रो भएकी प्रमिलाले कृष्णाकै कीर्तिमानलाई उछिन्ने क्रममा ४.९२ मिटरको प्रदर्शन गरिन् । उक्त स्पर्धाको छात्रमा मध्यमाञ्चलका भुवन महतो पहिलो भए । उनले ६.१३ मिटर जम्प लगाए ।

राष्ट्रपति रनिङ सिल्ड खेलकुदको ४ सय मिटर दौडमा पहिलो भएका मध्यमाञ्चलका चन्देश्वर पटेल ।

राष्ट्रपति रनिङ सिल्ड खेलकुदको ४ सय मिटर दौडमा पहिलो भएका मध्यमाञ्चलका चन्देश्वर पटेल ।

छात्र १ सय मिटर दौडमा पश्चिमाञ्चलका विकासकुमार शाहले ११.२८ सेकेन्डमा दूरी पूरा गर्दै पहिलो भए । सो स्पर्धाको छात्रामा मध्यमाञ्चलकी लुजला अमात्य पहिलो भइन् । लुजलाको टाइमिङ १३.०८ सेकेन्ड रह्यो ।
छात्रा ४ सय मिटर दौडमा मध्यपश्चिमाञ्चलकी रुपा थारु पहिलो भइन् । रुपाले निर्धारित दूरी तय गर्न १ मिनेट ०५.५६ सेकेन्ड समय लगाइन् । ५२.४ सेकेन्ड समय खर्चेका मध्यमाञ्चलका चन्देश्वर पटेल छात्र ४ सय मिटर दौडमा पहिलो बने ।
छात्रा ३ हजार मिटर दौडमा पूर्वाञ्चलकी दीपा बस्नेत पहिलो भइन् । दीपाले ११ मिनेट ४२ सेकेन्ड समय लगाइन् । त्यसै स्पर्धाको छात्रमा ९ मिनेट ४२.६ सेकेन्ड समयसाथ मध्यमाञ्चलका अजितकुमार यादव शीर्ष स्थानमा रहे ।
छात्रा ज्याभ्लिन थ्रोमा सुदूरपश्चिमाञ्चलकी धनशोभा रावत पहिलो भइन् । धनशोभाले २४.४० मिटर टाढा फ्याकिन् । त्यो स्पर्धाको छात्रमा ४६ मिटर थ्रो गर्दै मध्यमाञ्चलका वीरेन्द्र चौधरीले शीर्ष स्थान कब्जा गरे ।
छात्रा ४ गुणा १०० मिटर रिलेमा पश्चिमाञ्चल पहिलो, मध्यपश्चिमाञ्चल दोश्रो र मध्यमाञ्चल तेश्रो भए । सो स्पर्धाको छात्रमा मध्यमाञ्चल, मध्यपश्चिमाञ्चल र पूर्वाञ्चलले क्रमशः शीर्ष तीन स्थान ओगटे ।
करातेमा  नन्दु  पहिलो
छात्रा ४० केजीमा पूर्वाञ्चलकी नन्दु राई पहिलो भइन् । फाइनलमा नन्दुले सुदूरपश्चिमाञ्चलकी उर्मिला विकलाई पराजित गरिन् । ४५ केजीको फाइनलमा मध्यमाञ्चलकी करुणा श्रेष्ठले मध्यपश्चिमाञ्चलकी दिब्या चन्दलाई हराउदै पहिलो स्थान हात पारिन् । ५० केजीमा पूर्वाञ्चलकी विद्याकला राईले शीर्ष स्थान हात पारिन् । फाइनलमा विद्याले मध्यमाञ्चलकी रितु भट्टराईलाई पाखा लगाइन् ।
पुरुष ४७ केजीमा मध्यमाञ्चलका सुविन खत्री पहिलो भए । उनले उपाधि भिडन्तमा पूर्वाञ्चलका रोशन गुरुङलाई निराश पारे । मध्यमाञ्चलका अनिश लामाले आफ्नै क्षेत्रका प्रवीण लामालाई हराउदै ५२ केजीको उपाधि जिते ।
तेक्वान्दोमा मध्यमाञ्चल टिम च्याम्पियन
तेक्वान्दोमा २ स्वर्ण, ३ रजत र १ कांस्य हात पार्दै मध्यमाञ्चल टिम च्याम्पियन बनेको छ । दोश्रोमा रहेको सुदूरपश्चिमाञ्चलले २ स्वर्ण र उत्तिनै कांस्य प्राप्त ग¥यो । १ स्वर्ण, ३ रजत र ३ कांस्यसाथ पूर्वाञ्चलले तेश्रो स्थानमा चित्त बुझायो । ६ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा बाँकी १ स्वर्ण पश्चिमाञ्चलको पोल्टामा गयो ।
मध्यमाञ्चलका लागि छात्रा ४६ केजीमुनि आयशा लामा र छात्र ५१ केजीमुनि वर्षान्त मोक्तानले स्वर्ण जिते । छात्र ४५ केजीमुनि सुरज चौधरी र ४८ केजीमुनि भोजराज भट्टले सुदूरपश्चिमाञ्चलाई स्वर्ण दिलाए । पूर्वाञ्चलकी विनिता घिमिरेले छात्रा ४२ केजीमुनि तथा पश्चिमाञ्चलकी पूजा तुहाराले छात्रा ४४ केजीमुनि स्वर्ण हात पारे ।

राष्ट्रपति रनिङ सिल्ड खेलकुदको तेक्वान्दोमा प्रतिस्पर्धा गर्दै महिला खेलाडी ।

राष्ट्रपति रनिङ सिल्ड खेलकुदको तेक्वान्दोमा प्रतिस्पर्धा गर्दै महिला खेलाडी ।

फुटबल – सुदूरपश्चिमाञ्चल फाइनलमा
छात्रतर्फ सुदूरपश्चिमाञ्चल फाइनलमा प्रवेश ग¥यो । दशरथ रंगशालामा भएको दोश्रो सेमिफाइनलमा सुदूरपश्चिमाञ्चलले मध्यपश्चिमाञ्चललाई ३–१ गोलले पराजित ग¥यो ।
विजयी टिमका लागि निखिल अवस्थीले ह्याट्रिक गरे । मध्यपश्चिमाञ्चलको गोल आत्माघाती थियो । फाइनलमा सुदूरश्चिमाञ्चलको भेट पश्चिमाञ्चलसंग हुने छ ।
छात्रातर्फ मध्यपश्चिमाञ्चल र मध्यमाञ्चल उपाधिका लागि भिड्ने छन् । मध्यपश्चिमाञ्चलले सुदूरपश्चिमाञ्चललाई १–० गोलले हरायो । निर्मला उपाध्यायले निर्णायक गोल गरिन् । रजनी ठोकरको निर्णायक गोल मद्दतमा मध्यमाञ्चलले पूर्वाञ्चलाई १–० गोलले पाखा लगायो ।
उसुमा रसुलाई स्वर्ण
उसुको छात्रा नान् छ्वानमा ७.७० अंकसाथ मध्यमाञ्चलकी रसु तामाङले स्वर्ण जितिन् । पूर्वाञ्चलकी एलिजा मारिक दोश्रो र मध्यमाञ्चलकी सरु लामा तेश्रो भए ।
छात्र ताइची छ्वानमा मध्यमाञ्चलका मनीष बुढाथोकी ६.९५ अंक जोड्दै पहिलो भए । मध्यमाञ्चलकै विवेक शाक्य दोश्रो र सुदूरपश्चिमाञ्चलका खगेन्द्र बुढा तेश्रो भए । सोही स्पर्धाको छात्रामा सम्झना चौधरीले पहिलो स्थान हात पारिन् । सुदूरपश्चिमाञ्चलकी सम्झनाले ७.३० अंक बटुलिन् । सुदूरपश्चिमाञ्चलकै श्वस्ती दहित दोश्रो र मध्यमाञ्चलकी दिपिका राई तेश्रो भए ।
सुदूरपश्चिमाञ्चल र मध्यमाञ्चल कबड्डी फाइनलमा
कबड्डीतर्फ सुदूरपश्चिमाञ्चल र मध्यमाञ्चलको छात्र÷छात्रा दुवै टोली फाइनलमा प्रवेश गरेका छन् । छात्रमा मध्यमाञ्चलले पश्चिमाञ्चललाई ३४–३३ तथा सुदूरपश्चिमाञ्चलले पूर्वाञ्चललाई ६३–५६ ले पराजित गरे ।
छात्रामा सुदूरपश्चिमाञ्चलले पूर्वाञ्चललाई ७२–५१ तथा मध्यमाञ्चलले मध्यपश्चिमाञ्चललाई ३४–१३ ले पाखा लगाए ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.