6 years ago
August 29, 2019
काठमाडौं (हाम्रो खेलकुद)- चार महिनापछि स्वदेशमा आयेजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि करातेबाट ३२ खेलाडी छनोट भएका छन् ।

नेपाल कराते महासंघले साउन पहिलो सातादेखि विशेष प्रशिक्षणमा रहेका १ सय ८ खेलाडीबाट बिहीबार भएको छनोट प्रतियोगिताबाट सागका दुई वैकल्पिकसहित ३४ खेलाडी छनोट भएको हो ।
कातामा दुई वैकल्पिकसहित १२ खेलाडी तथा फाइटमा २२ खेलाडी छनोट भएका छन् । एकल कातामा महिला र पुरुषमा समान १–१ तथा टिम कातामा महिला र पुरुषमा समान ३–३ खेलाडी छनोट भएका छन् । फाइटमा महिलामा १० र पुरुषमा १२ खेलाडीले राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भए ।

एकल काता पुरुषतर्फ आठौं राष्ट्रिय खेलकुदका स्वर्णपदक विजेता मन्डेकाजी श्रेष्ठ र महिला एकल कातामा आठौंकै स्वर्णधारी चञ्चला दनुवार स्वदेशमा तीन महिनापछि आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भइन् । मन्डे टिम कातामा पनि छनोट भए ।
बिहीबार भएको छनोटमा मन्डेले पर्शुराम बास्तोलालाई १ अंकले पछि पारेका हुन् । मन्डले ३९ अंक प्राप्त गर्दा पर्शुरामले ३८ अंक पाएका थिए । टिम कातामा पनि मन्डेले स्वर्ण हात पार्दै दुई विधामा छनोट हुन सफल भए ।
आठौंकी स्वर्णधारी चञ्चलाले सुभद्रा श्रेष्ठलाई पछि पार्दै १३ औं सागका लागि स्थान सुरक्षित गरिन् । उनी २०१४ मा भएको इन्चोन एसियाडमा छनोट भएर पनि खेल्न बाट वञ्चित बनेकी थिइन् । गत वर्षको जाकार्ता एसियाडमा उनी पदकको लागि भएको खेलमा चुकेकी थिइन् ।

महिला टिम कातामा निर्मला तामाङ, संगिता मगर र सरु कार्की छनोट भइन् । कापिला विष्ट वैकल्पिक खेलाडीमा रहेकी छन् ।
फाइटतर्फ पुरुष ५० केजीमा सोनाम लामाले शिव खत्रीलाई तथा ५५ केजीमा लक्ष्मण तामाङले विजय श्रेष्ठलाई पराजित गर्दै राष्ट्रिय टोलीमा स्थान बनाए ।
६० केजीमा राजीव पुडासैनीले स्वर्ण तथा राजकुमार रसाइलीले रजत जिते । ६७ केजीमा नवीन रसाइली पहिलो तथा अर्जुन बाघचन्द्र दोस्रो भए । ७५ केजीमा गंगाराम कुसवार पहिलो तथा मुकुन्द महर्जन दोस्रो भए । ८४ केजीमुनि दिवस श्रेष्ठले स्वर्ण तथा सुशिल पौड्यालले रजत जित्दै १३औं सागलाई छनोट भए । ८४ केजीमाथि विप्लव लाल श्रेष्ठले स्वर्ण तथा लेखराज मैनालीले रजत जिते ।

महिला फाइटको ४५ केजीमा कुसुम खड्काले मीरा योन्जनलाई तथा ५० केजीमा अनु अधिकारीले मिस्ली श्रेष्ठलाई पछि पार्दै राष्ट्रिय टोलीमा स्थान बनाइन् । ५५ केजीमा मनिषा चौधरीले स्वर्ण तथा सुस्मिता वाइवाले रजत जितिन् । ६१ केजीमा अनु गुरुङले स्वर्ण तथा एस्तर राईले रजत जितिन् । ६८ केजीमा सुनता महर्जनले स्वर्ण तथा सनि तामाङले रजत जितिन् ।
६८ केजीमाथि अनुपमा मगरले स्वर्ण तथा रिता कार्कीले रजत जित्दै राष्ट्रिय टोलीमा स्थान बनाइन् । राष्ट्रिय टोलीको बन्द प्रशिक्षण एकसातापछि हुने प्रशिक्षक कुशल श्रेष्ठले जानकारी गराए ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]