default_image

5 years ago

September 5, 2019

नाडाल युएस अ‍ोपनको सेमिफाइनलमा

102 views

0 Bookmark

एजेन्सी – दोस्रो वरीयताका स्पेनिस टेनिस स्टार राफायल नाडाल युएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बिहिबार बिहान अर्थ एसे स्टेडियम न्युयोर्कमा भएको क्वाटरफाइनलमा ३३ वर्षीय नाडालले अर्जेन्टिनाका डिएगो स्वार्टम्यानलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो ।

नाडालले २०औं वरीयताका डिएगोमाथि ६–४, ७–५ र ६–२ को सेटमा जित निकाल्यो ।
अब १८ पटकको ग्राण्डस्लाम विजेता नाडालले अब फाइनल प्रवेशका लागि इटालीका माटियो बेरेट्टिनीसँग खेल्नेछ ।

बेरेट्टिनीले फ्रान्सका गाइल मोनफिल्सलाई ३–६, ६–३, ६–३, ३–६ र ७–६ को सेटमा पराजित गर्दै पहिलो पटक युएस ओपनको सेमिफाइनलमा स्थान बनाएका थिए ।

December 13, 2024

विराटनगरले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको दोस्रो खेलमा विराटनगर किंग्सले टस जितेको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको टस जित्दै विराटनगरका कप्तान सन्दीप लामिछाने ब्याटिङ रोजेका हुन् ।

December 12, 2024

युएईका अलराउन्डर हमिद चितवनमा अनुबन्ध

काठमाडौं(हाम्रो खेलकुद) – चितवन राइनोजले युएईका अलराउन्डर बासिल हमिदलाई बाँकी रहेको नेपाल प्रिमियर लिग(एनपिएल) को लागि टोलीमा भित्र्याएको छ । विदेशी खेलाडीका रुपमा चितवनले हमिदलाई टोलीमा भित्र्याएको बिहीवार जनाएको छ । हमिदले युएईको लागि निरन्तर प्रभाव पार्दै आएका छन् । उनले टी ट्वान्टीमा ७० खेल्दै ८ सय ५८ रन बनाउनुको साथै ३८ विकेट लिएका छन् […]

December 10, 2024

रोहित र जाफरको अर्धशतकमा चितवनलाई प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनीका कप्तान रोहितकुमार पौडेल र साद विन जाफरको अर्धशतकको सहयोगमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । लुम्बिनीका लागि कप्तान रोहितले सर्वाधिक ८० रन […]

Success

Thank you for your time.