10 years ago
June 7, 2016
सुन्दै छु आगामी जेष्ठ ३० गते बाबुराम भट्टराईले आफ्नो नयाँ पार्टी स्थापना घोषणा कार्यक्रममा गर्दै छन् रे! तर पार्टी स्थापना घोषणा गर्ने स्थान भने टिठलाग्दो छ| नेपालमा भएको एकमात्र रंगशाला, जसमा भूकम्प गएको करिब एक वर्ष पछि पहिलोपटक फुटबलको प्रतियोगिता हुन लागिरहेको छ, त्यसै दिनमा नयाँ शक्तिको पार्टी स्थापना घोषणा हुने रहेछ|
रंगशाला स्थित खेल मैदानमा खेल खेल्ने बाहेक सबै कार्य भइरहेको छ, जबकी देशलाई एकतृत बनाउन खेलकुद बाहेक अरु सायदै कुनै कारण देखिएको होला| कुनै महोत्सव आयोजना होस् या पार्टीको कार्यक्रम, टुँडिखेल खाली हुदांहुदै पनि रंगशाला प्यारो भएको छ| झन् नयाँ पार्टीको नयाँ सोच हुनुपर्नेमा उही पुरानो प्रवृति देखाएर सुरुवात भएपछि जनताले आशा गर्ने के?
आगामी जेष्ठ २९ गतेदेखि अखिल नेपाल फुटबल संघले १८ वर्ष मुनिका टोलीहरुको लिग प्रतियोगिता आयोजना गर्दैछ| त्यसबाहेक रंगशालामा हुने दैनिक अभ्यास र खेलकुदका कार्यक्रमलाई त असर पर्ने नै भयो| त्यसैले, नयाँ शक्तिलाइ एक खेलप्रेमीको नाताले यो अनुरोध छ कि खेल स्थललाई खेलमै सिमित राखेर बिना कुनै चलखेल स्वतन्त्र र निर्वाध रुपमा चल्न दिनुहोस|
खेलकुद संघहरुको निकै कसरत पछि प्रयोग गर्न लायक भएको रंगशालाको खेल मैदानमा राजनीतिक कार्यक्रम गर्नाले सबै मिहेनतमा बालुवामा पानि राखेजस्तै बेकार जान्छ, के नयाँ शक्तिले आफुलाई बेग्लै स्थानमा उभ्याउन विगतका समस्या सुल्झाउदै लैजानु पर्ने हैन?
नयाँ शक्तिको पुरानै प्रवृत्ति भएजस्तो जनतालाई भान हुनेछ, त्यसैले आफैं बाट परिवर्तन ल्याएर नयाँ शक्तिको राम्रो उदाहरण दिनुहोला!
जय खेल! जय नेपाल!
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]