default_image

9 years ago

June 10, 2016

च्यारीटि हाईकिङमा सहभागि हुने म्याराथन धावक मानन्धरलाई पोखराबाट विदाई

198 views

0 Bookmark

दिननाथ बराल
पोखरा २८, गते

दक्षिण एसियाली खेलकुद (साग) मा स्वण पदक विजेता म्याराथन धावक बैकुण्ठ मानन्धरलाई सुक्रबार पोखरामा हङकङ यात्राको सफलताको कामना सहित एक समारोहका विच विदाई गरीएको छ ।

Hiking for charity
सहारा क्लव, पोखराका अध्यक्ष विरभद्र आचार्य, निवर्तमान अध्यक्ष विक्रम थकालीले फुलमाला तथा खादा एवं मायाको चिनो हस्तान्तरण गरी धावक मानन्धरलाई विदाई गरेको महासचिव केशवराज बरालले बताए । सहारा क्लव हङकङले यही जेठ ३० गते अर्थात १२ जुनमा आयोजना गर्ने उक्त च्यारीटि हाईकिङ कार्यक्रमको प्रमुख अतिथिको रुपमा उनलाई निमन्त्रणा दिए पछि धावक मानन्धर उक्त कार्यक्रममा सहभागि हुने भएका छन ।

कार्यक्रममा बोल्दै पदकधारी मानन्धरले धेरै बर्ष पहिला पनि पोखरामा दौडन आउने गरेको पं्रशङग कोट्याउदै पोखरामा खेल पर्यटनको र खेलकुदको प्रचुर सम्भावना भएको उनले बताए । पोखरेलीहरुले हौसाएको कारणले गर्दा आफुले म्याराथनमा नेपालको राष्ट्रिय कृतिमान राख्न सफल भएको दाबी गरे । उनले वातावरणको हिसावले पोखरा उपयुक्त भएकोले यहााका खेलाडी र खेलकुदको विकासको लागि सवै जुट्नु पर्ने बताए ।

नेपाल ओलम्पीक कमिटिका सदस्य एवं क्लवका सल्लाहकार तेज बहादुर गुरुङले नेपालका पदकधारी बैकुण्ठ मानन्धरको हङकङ यात्राले नयाा युवा पिढिमा तरङग पैदा गराउने बताए । राष्ट्रिय खेलकृुद परिषदका सदस्य फक्त बहादुर गुरुङले क्लवले खेलकुदको साथमा सामाजिक क्षेत्रमा उल्लेखनिय योगदान पुर्‍याएको भन्दै राखेपबाट आवश्यक सहयोगको लागि समन्वय गर्न तयार रहेको जनाए ।

पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यम बहादुर गुरुङ, खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशव पाठक, क्लवका निवर्तमान अध्यक्ष विक्रम थकाली, बरिष्ठ उपाध्यक्ष केशवबहादुर थापा लगायतले पदकधारी मानन्धरको हङकङ यात्रा सहित हङकङ वसाईको सफलताको कामना गर्दै शुभकामना दिएका थिए ।

उक्त अवसरमा नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका नवनिर्वाचित कार्यसमितिलाई वदाई ज्ञापन गरीएको थियो । मञ्च कास्कीका अध्यक्ष केशव पाठक, उपाध्यक्ष दिननाथ बराल, सचिव रन्जन अधिकारी, सह–सचिव अर्जुन गिरी, सदस्य उमेश पुनलाई ३ बर्षे कार्यकालको सफलताको कामना सहित माला तथा खादा लगायर वधाई ज्ञापन गरीएको हो ।
स्वास्थ्य नै धन हो भन्ने मुल नाराका साथ आयोजना हुने हाईकिङ करीब सााढे १२ किलोमिटर दुरी रहेको सहारा हङकङका सल्लाहकार देव गुरुङले बताए । क्लवले यस अघि विगत दुई बर्ष सम्म निरन्तर रुपमा हङकङ सााझ लगायतका कार्यक्रमबाट केहि रकम वचन गरी सहारा एकेडेमीलाई सहयोग गर्दै आएकोले २०७२ सालमा नेपालमा भूकम्प गएका कारणले गर्दा उक्त कार्यक्रम प्रभावित भएर यस्तो कार्यक्रम आयोजना गर्न लागेको बताईन्छ । यस पटकको कार्यक्रमबाट पनि क्लवले केहि रकम सहारा एकेडेमीलाई सहयोग प्रदान गर्ने भएको सल्लाहकार गुरुङले जनाए ।

उक्त कार्यक्रममा सल्लाहकार देव गुरुङलेले आर्थिक सहयोग गरेका छन भने ईन्द्र बराह ज्वेलरीका शिव लामिछानेले, तमु समाज हङकङका अध्यक्ष कोमल गुरुङ कान्छा, द गोर्खाज होल्डीङ प्रकास पुन टि सर्ट,क्लब का सल्लाहकारहरु बाट लन्च को सहयोग प्रात्त भएको बताईन्छ । उक्त अवसरमा पुर्व राष्ट्रिय वक्सिङ खेलाडी नामसिंह थापा मगर नेपालको पहिलो पटक ओलम्पीकमा सहभागि भएको भन्दै क्लवले सम्मान गर्ने भएको हो । नेपाली खेलकुदको क्षेत्रमा उल्लेखनिय योगदान पुर्‍याएको भन्दै उनीहरुलाई सम्मान गर्न लागेको हो ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.