default_image

6 years ago

November 9, 2019

१९ पदकसहित नेपाल टिम च्याम्पियन

207 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पाँचौ दक्षिण एसियन क्याडेड, जुनियर, यु–२१ र सिनियर  कराते च्याम्पियनसिपमा नेपाली सिनियर कराते टोली टिम च्याम्पियन बन्न सफल भएको छ । नेपाली सिनियर टोली ८ स्वर्ण, ३ रजत र ८ कास्यपदक गरी कुल १९ पदक जित्दै टिम च्याम्पियन बन्न सफल भएको हो ।

सिनियरमा सबै खेलाडीहरु १३औं सागको प्रशिक्षणमा रहेका खेलाडीहरु हुन् । कुमुतेतर्फ ४८ केजीमुनि कुसुम खड्का, ५५ केजी मुनि मनिषा चौधरी, ६० केजीमा राजीव पुडासैनी, ८४ केजीमा विप्लवलाल श्रेष्ठ र महिला एकल कातामा चञ्चला दनुवारले स्वर्णपदक जित्न सफल भइन् ।

महिला टिम कातामा सरु कार्की, संगिता मगरर निर्मला तामाङले तथा पुरुष टिम कातामा मन्डेकाजी श्रेष्ठ, महसुस मोक्तान र प्रविन मानन्धरले स्वर्ण हात पारे । महिला टिम कुमुतेतर्फ अनु अधिकारी, शनि तामाङ, एस्तर राई र रीता कार्कीले स्पर्ण जितिन् ।

पुरुष टिम कुमुतेमा मुकुन्द्र महर्जन, नवीन रसाइली, दिवस श्रेष्ठ, लेखनाथ मैनाली, राज कुमार रसाइली र सुशील पौडेलल रजत जिते । कुमुते पुरुषतर्फ ५० केजीमा सोनाम लामा, ५५ केजीमा लक्ष्मण तामाङ, ६७ केजीमा नवी रसाइली, ७५ केजीमा गंगा कुसवार र ८४ केजीमा दिवस श्रेष्ठले कास्य पाए ।

महिला कुमुतेतर्फ ५० केजीमा अनु अधिकारी, ६१ केजीमा अनु गुरुङ, ६७ केजीमा सुनिता महर्जन र ७६ केजीमा अनुपमा मगरले कास्य जितिन् । पुरुष एकल कातामा मन्डेकाजीले कास्य पाए ।

जुनियरतर्फ नेपालले २ स्वर्ण, २ रजत र दुई कास्य हात पारेको थियो । यु–२१ ५० केजीमा एलोन श्रेष्ठले तथा जुनियरतर्फ ६७ केजीमा अर्जुन बाघचन्दले स्वर्ण जितेका थिए । जुनियरतर्फ ५९ केजीमा सुस्मिता वाइवाले रजत जितिन् । कृषा शेर्पाले ६८ केजीमा रजत तथा कातामा कास्य हात पारिन् । क्याडेट कातामा एलेक्सजेन्डर सापकोटाले कास्य जितेका थिए ।

बंगलादेश कराते फेडेरेसनको आयोजनामा ढाकामा दुई दिनसम्म चलेको प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत, श्रीलंका र भुटानको सहभागिता रहेको थियो ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.