default_image

6 years ago

January 1, 2020

पहिलो हाफमा रुस्लान थ्री स्टार र आर्मीको बराबरी

180 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधबार जारी खेलमा रुस्लान थ्री स्टार र त्रिभुवन आर्मी क्लबले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् ।

खेलकाे पहिलाे मिनेटमा नै आर्मीका नवयुग श्रेष्ठकाे पासमा कप्तान भरत खवासकाे प्रहार गाेलरक्षक प्रिसाेले सहजै बचाउ गरे । १२ औं मिनेटमा थ्री स्टारका हम्जातकाे प्रहार डिफेन्डरले क्लियर गरिदिए । १७ औं मिनेटमा सन्ताेष तामाङकाे प्रहार बाहिरिदा अार्मीले खेलमा अग्रता लपनबाट चुक्याे । १८ औं आर्मीका जर्जप्रिन्स कार्कीकाे प्रहार आकासियाे ।

१९ औं मिनेटमा नवयुग श्रेष्ठले गाेलरक्षकलाई बिट गर्दै गरेकाे प्रहार गाेल लाईनबाट करण राउतले बचाए । त्यसपछि २० औं मिनेटमा भरत खवासकाे प्रहार थ्री स्टारका गाेलरक्षक प्रिसाेले पञ्च गर्दै बचाए । २१ औं मिनेटमा थ्री स्टारका हम्जातकाे प्रहार जर्जप्रिन्सले क्लियर गरिदिए । २४औं मिनेटमा सुशील राईकाे कर्नरमा कप्तान अनन्त तामाङकाे हेडर बाहिरियाे ।

४१औं मिनेटमा आर्मीका कप्तान भरत खवास गाेल गर्नबाट चुके । जर्जप्रिन्स कार्कीकाे पासमा गाेलरक्षक बिट भईसकेकाे अवस्थामा भरतकाे प्रहार पाेस्टबाट थाेरै बाहिरियाे ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.