6 years ago
January 6, 2020
काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (सोमबार) पाँचौ चरण अन्तरगतको दुई खेल हुँदैछ ।
शनिबारदेखि नै पाँचौ चरणको खेल सुरु हुनुपर्नेमा वर्षाको कारण देखाउदै अखिल नेपाल फुटबल संघ (एन्फा) ले दुई दिन खेल स्थगित गरेको थियो ।

पाँचौ चरणको पहिलो दिन सोमबार पहिलो खेलमा प्रभु जावलाखेल युथ क्लब र न्युरोड टिम (एनआरटी)बीच खेल हुनेछ । दोस्रो खेलमा उपाधि दावेदार सानमिगेल मछिन्द्र क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच खेल हुनेछ । खेलहरु मध्यान्ह १२ बजे र दिउँसो ३ बजेपछि त्रिपुरेश्वस्थित दशरथ रंगशालामा हुनेछ ।
लिगकै उत्कृष्ट लयमा रहेको प्रभु जावलाखेल एनआरटीलाई हराउँदै अपराजित यात्रा कायम राख्ने दाउमा हुनेछ । जावलाखेल ८ अंकसहित चौथो स्थानमा छ । पहिलो खेलमा थ्री स्टारलाई गोलरहित बराबरीमाा रोक्न सफल भएको जावलाखेलले दोस्रो खेलमा सरस्वती युथ क्लबलाई १–० ले पराजित गरेको थियो ।

तेस्रो खेलमा संकटासँग बराबरी खेलेको जावलाखेलले चौथो चरणमा बलियो मानिएको च्यासल युथलाई २–० गोल अन्तरले पराजित गरेको थियो । एनआरटीलाई पराजित गर्न सके जावलाखे मछिन्द्र र मनाङको खेल अघिसम्म शीर्ष स्थानमा उक्नले छ । दक्षिण एसियन कोटामा जावलाखेलले भारतीय युवा खेलाडी कुवेर विष्टलाई अनुबन्ध गरिसकेको छ । उनले एनआरटीविरुद्ध खेल्ने सम्भावना छ ।
यस्तै लिगमा औसतको प्रदर्शन गरिरहेको एनआरटी जावलाखेललाई पराजित गर्ने लक्ष्यमा मैदानमा उत्रनेछ ।लिगमा दुई जित र दुई खेल हारको नतिजा निकालेको एनआरटीको ४ अंक छ । संकटा र मछिन्द्रसँग पराजित एनआरटीले सरस्वती युथ र च्यासल युथ क्लबलाई पराजित गरेको थियो ।
अघिल्लो वर्ष रेलिगेसनविनाको लिगमा पुछारमा रहेको कारण एनआरटीको २ अंक खोसिएको छ । चौथो चरणमा मछिन्द्रसँग पराजित हुँदा आफ्ना मुख्य स्ट्राइकर जोर्डन ओओनालाई गुमाएको एनआरटीलाई जावलाखेलविरुद्धको खेलमा उनको आगमनले अग्रपंक्ति बलियो हुन सक्छ ।

मछिन्द्र यो सिजनको खर्चिलो र ‘ड्रिम टिम’ हो । मछिन्द्रले लिग जित्ने लक्ष्यसहित स्टार खेलाडीहरुको जमघट गराएर बलियो टोली बनाएको छ । यही टोलीले सर्वाधिक ८ पटकको ‘ए’ डिभिजन लिग च्याम्पियन बनेको मनाङ–मस्र्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्दैछ । लामो समय मनाङमा बिताएका अधिकांश खेलाडी पहिलोपटक मनाङविरुद्ध उत्रदैछन् ।
अघिल्लो सिजन मनाङबाट खेलेका कप्तान विराज महर्जन, सुजल श्रेष्ठ, विशाल राई, विशाल श्रेष्ठ, हेमन गुरुङ र दीपक राईसँगै गत सिजन लोनमा आएका देवेन्द्र तामाङ र अभिषेक रिजाल मछिन्द्रबाट खेल्दैछन् । ७ खेलाडीले एकैपटक क्लब छाडेपनि मनाङले पनि युवा खेलाडीलाई विश्वास गर्दै राम्रो टोली बनाएको छ ।
लिगमा दुवै टोली अपराजित छन् । त्यसैले यो खेललाई लिगकै बहुप्रतिक्षित खेलको रुपमा हेरिएको छ । सम्भवत यि दुई टोलीबीचको खेलले नै यी दुई टोलीको उपाधि सम्भवनाबारे छिनोफानो गर्न सक्नेछ । उपाधि छिनोफानोमा निर्णायक रहने सक्ने यस नतिजालाई ‘६ पोइन्टर’ को रुपमा हेरिएको छ । जित्नेले तीन अंक त जोड्छ नै, विपक्षीले तीन अंक गुमाउनुको पनि बेग्लै महत्त्व रहनेछ ।

चौथो चरणको खेलसम्म मनाङ ३ जित र १ बराबरीसँगै १० अंक जोडेर शीर्षस्थानमा रहेको छ । मछिन्द्रले पनि ३ जित र एक बराबरीसँगै ९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । अघिल्लो वर्ष रेलिगेसनविनाको लिगमा पुछारमा रहेको कारण मछिन्द्रको १ अंक घटाइएको छ । पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब (बीबीसी) लाई २–० ले पराजित गरेको मछिन्द्र दोस्रो खेलमा च्यासलसँग १–१ को बराबरीमा रोकिदा तेस्रो चरणमा फ्रेन्ड्सलाई ३–० ले तथा चौथो चरणमा एनआरटीलाई १–० गोल अन्तरले पराजित गरेको थियो ।
मनाङ आफ्ना मुख्य खेलाडी अन्जन विष्टको पुनरागमनमा सुखद् नतिजा दिने लक्ष्यमा रहनेछ । ‘डिस्को काण्ड’ मा मुछिएका अन्जन एन्फाको ४५ दिनको कारबाही फुकुवासँगै टिममा फर्कन लागेका हुन् । अन्जनको पूनरागमनसँगै मनाङलाई केही सहज हने अपेक्षा गरिएको छ । विभागीय एपीएफलाई २–०, आर्मीलाई १–० र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) लाई १–० ले पराजित गरेको मनाङ चौंथो खेलमा भने मनाङ फ्रेन्ड्ससँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।
यो पनि : डेढ महिना निलम्बनपछि मिडफिल्डर अन्जन विष्टको पुनरागमन हुँदैछ :प्रतिवद्ध अन्जनको पुनरागमन
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]