9 years ago
July 2, 2016
नेपाल खेलकुद पत्रकार मञ्चले ९२ औं विश्व खेल पत्रकार दिवस (२ जुलाई) शनिबार मनाएको छ । होटल रोयल सिंगीमा आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय खेलकुद पत्रकार संघ (एआईपीएस) का अध्यक्ष जियानी मेर्लोको शुभकामना सन्देश पनि प्रस्तुत गरिएको थियो ।
यसै सन्दर्भमा मञ्चले नेपालले सन् २०१८ मा आयोजना गर्ने ‘१३ औं दक्षिण एसियाली खेलकुद (साग): तयारी र चुनौतीहरु’ विषयक कार्यक्रम आयोजना ग¥यो । तेस्रोपल्ट नेपालमा आयोजना हुने दक्षिण एसियाली खेलकुदको तयारी, यसमा सरकार र ओलम्पिक कमिटिको भूमिका तथा प्रतियोगिताको महत्वबारे नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले बोल्नुभएको थियो ।
त्यस्तै, संभावना र चुनौतीबारे एआईपीएस एसियाका कोषाध्यक्ष निरन्जन राजवंशीले बोल्नुभयो । अन्तरक्रियाको दोस्रो सेसनमा मञ्चका निर्वतमान अध्यक्ष अजय फुयाल र महासचिव प्रकाश तिमल्सिनाले १३ औं सागमा सञ्चारकर्मीको भूमिकाबारे विचार राख्नुभएका थिए ।
वक्ता र उहाहरुको भनाई:
• जीवनराम श्रेष्ठ, अध्यक्ष–नेपाल ओलम्पिक कमिटि
१३ औं दक्षिण एसियाली खेलकुद (साग) सन् २०१८ मा आयोजना गर्न असंभव छैन, पर्याप्त मात्रमा संभावना छ । गत बर्षको महाभूकम्पले नेपालमा सबै क्षेत्रलाई गम्भीर प्रभाव पारेको छ । यसले नेपाली खेलकुद क्षेत्र पनि मुछिएको छ । नाकाबन्दीले पनि अस गर्यो ।
नया“ संविधान घोषणा, कार्यान्वयनको प्रक्रियाले पनि केहि अप्ठ्यारो पारेको छ । त्यसका बावजुद पनि साग आयोजना गर्न गइरहेका छौं । यसलाई चुनौती र अवसर दुवै रुपमा लिनुपर्छ । चुनौती धेरै छन् तर समाधान गर्न नसकिने भने होइन ।
१३ औं साग आयोजनालाई सरकारले गम्भीरतापूर्वक लिएको छ । आयोजक समिति बनाउने कुरामा विलम्ब भएको यथार्थ हो । बजेट अपुग भएकोले खेल आयोजनामा कुनैपनि कमी हुने छैन भन्ने प्रधानमन्त्री (केपी ओली) बाट सार्वजनिक रुपमै प्रतिबद्धता आएको छ । अब बजेटलाई के कसरी लाने र तयारी गर्ने प्रशासनिक काम राष्ट्रिय खेलकुद परिषदले गर्नुपर्छ । यसमा बिलम्ब भइसकेको छ ।
नेपालमा बजेट खर्च हुन नसकेर रकमान्तर गरिने रोग खेलकुदमा मात्र होइन । आवश्यक मानव स्रोत नहुदा र कार्यान्वन पक्षको कारण यस्तो भएको हो । सरकार कति गम्भीर र चुस्त देखिन्छ भन्ने अब हेर्न बा“की छ । प्रतिबद्धताअनुसार काम गर्दै जाने हो भने निर्धारित समयमै आयोजना गर्न सक्छौं ।
यसको आयोजना ओलम्पिक कमिटि र सरकारको सहकार्यमा हुने हो । अहिले नेपालमा न्यानो सम्बन्ध छ, समस्या छैन ।
सन् १९९९ मा काठमाडौं भएको आठौं दक्षिण एसियाली महासंघीय खेलकुद (साफ गेम्स) को आयोजनामा पनि मैले नेतृत्व गर्ने मौका पाएको थिए । त्यसबेला काम नगरेर चार बर्ष लागेको थियो । तर, दुई बर्षको कामले नै साफ गेम्स आयोजना गरिएको थियो । त्यसैले यसपाली पनि र्धिारित समयमै आयेजना गर्न सकिन्छ ।
आठौं साफ गेम्सयता देशको भौतिक पूर्वाधारमा धेरै परिवर्तन भइसकेको छ । खेलकुदको मात्र होइन, निजी क्षेत्रस“ग पनि भौतिक पूर्वाधार छ । यसवीच काम भएकै छैन भन्ने होइन । रिबन काटेर अभियान सुरु गरिएको भने छैन ।
युरो कप र कोपा अमेरिकाका खेल हेरेर त्यस्ता स्टेडियम यहा“ कल्पना गर्न सकिन्न । नेपालको अवस्था दुनिया“ले बुझेको छ । दक्षिण एसियाली खेलकुद आयोजनाको लागि न्युनतम मापदण्ड पूरा गरेर हामी १३ औं साग समयमै आयोजना गर्न सक्छौं ।
दक्षिण एसियाली खेलकुद अन्तर्राष्ट्रिय ओलम्पिक परिषद (आईओसी) को ओलम्पिक छाताभित्र हुने प्रतियोगिता हो । आयोजक ओलम्पिक कमिटि हो । अरु एजेन्सी सहयोगी हुन् । यसमा सम्झौताहरु हुन्छ । दक्षिण एसियामा पहिले प्रतियोगिता आयोजना गर्न केहि छुट भएको हो अहिले यस क्षेत्रमा ओलम्पिकको भूमिकाबारे गम्भीर कुरा उठिरहेको छ ।
दक्षिण एसियाली ओलम्पिक काउन्सिलको अब हुने बैठकले सचिवालय बनाउने, चुनाव सञ्चालन गर्नेलगायत प्रक्रिया सुरु गर्दैछ । अब अल्फाबेट अनुसार पालैपालो नभएर आयोजनाको लागि वैकल्पिक बाटो पनि खुल्नेछ । साग अहिलेसम्म ५ देशले आयोजना गरेको छ र त्यो पनि ढिला सुस्ती गर्दै । हामीले पनि ढिलासुस्ती गर्नुपर्छ भन्ने होइन ।
ढिला हुने हो भने श्रीलंकाले २०१८ को साग आयोजना गर्ने र त्यसपछि नेपाललाई आयोजना गर्न दक्षिण एसियाल िओलम्पिक काउन्सिल बैठकमा प्रस्ताव पनि आएको थियो । तर, ढिलासुस्ती नहुने समयमै गर्ने संसदको खेलकुद समितिको सुझावअनुसार हामीले नै आयोजना गर्ने विश्वास दिलाएका थियौं ।
आयोजक कमिटि र ओलम्पिकको सल्लाहमा १३ औं सागको आयोजना स्थल तोक्नेछौं । पहिलेका दुई संस्करण काठमाडौं उपत्यका केन्द्रित भए । परिवर्तित अवस्थामा आयोजनाको कुरालाई पुनर्विचार गर्नुपर्छ । फरक सोच र चिन्तनलाई एउटै ठाउ“मा ल्याउनुपर्छ भन्ने भूमिका १३ औं सागले खेल्नुपर्छ ।
अन्तर्राष्ट्रिय विमानस्थल नभएकोले काठमाडौं उपत्यकाबाहिर उद्घाटन र समापन समारोह गर्न सक्दैनौं । पहिलो पक्ष सरकार हो । ओलम्पिकस“ग निश्चित जिम्मेवारी छ, त्यसबाट भाग्न सक्दैन । हाम्रो लक्ष्यमा फरक छैन । नेपालको गौरव बृद्धि गर्न सधै लचक छौं । यही मौकामा भौतिक पूर्वाधार बनाउनुपर्छ । नेपाल सुरक्षित छ भन्ने र अर्थतन्त्रलाई उकास्ने अवसर पनि हो यो । देशको कुटनीतिक कुरा पनि छ ।
• निरन्जन राजवंशी, कोषाध्यक्ष, एआईपीएस एसिया
समयमै (सन् २०१८) मा १३ औं साग आयोजना गर्न पर्याप्त संभावना तर वास्ताविकतामा गाह्रो कुरा हो । नेपालले आयोजना गर्ने सबभन्दा ठूलो प्रतियोगिता हो यो । तर, यो सजिलो छैन । १२ औं सागमा झण्डा बोकेर आएपछि हामीले के तयारी गर्यौं ? सरकारले खासै ध्यान दिएको छैन । बजेट, तयारी, प्राविधिक पक्ष्ँमा के कति सक्षम छौं सरकार लाग्नुपर्ने हो ।
ढिलो गर्ने परम्परा छ । डेढ बर्षमा सक्छौं भन्नु व्यवहारिक रुपमा संभव छैन । कहिले कहा“ रंगशाला बनाउने कहिले कहा“ खेल आयोजना गर्ने भनेर । सबै कुरा मौखिक भइरहेको छ । हामीले काम सुरु भएको अनुभव गर्न पाएका छैनौं । सरकार आफैले ओलम्पिकलाई नभई एक्लै गर्न चाहेकोले पनि यस्तो भएको हो कि ?
• अजय फुयाल, निवर्तमान अध्यक्ष, नेपाल खेलकुद पत्रकार मञ्च
नेपालको लािग सागको आयोजना ठूलो अवसर हो । आठौं साफ गेम्सको संरचनाले अहिलेसम्म थेगिरहेको छ । अब फेरि दुई–चार दशक थेग्ने गरी सञ्चालन गर्नुपर्छ, झारो टार्ने हिसाबले गर्नुहुन्न ।
• प्रकाश तिमल्सिना, महासचिव, नेपाल खेलकुद पत्रकार मञ्च
१३ औं साग प्रतियोगिता सकाउनेमा मात्र होइन, यसैस“ग जोडेर भौतिक पूर्वाधार लामो समयसम्मलाई हुने गरी बनाउनुपर्छ । ठूला प्रतियोतिाको आयोजनामा मिडियाको भूमिका स“धै सकारात्मक छ ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]