6 years ago
February 4, 2020
काठमाडौं (हाम्रो खेलकुद) – खेल पत्रकार प्रज्जवल ओलीले एआइपिएस स्पोर्ट्स मिडिया अवार्डअन्तर्गत बेष्ट कोलम राइटिङ जितेका छन् । विश्वभरका खेल पत्रकारहरुको साझा संस्था इन्टरनेसनल स्पोर्ट्स प्रेस एसोसिएसन (एआइपिएस) ले गत वर्षदेखि आयोजना गरेको स्पोर्ट्स मिडिया अवार्डको ‘बेष्ट कोलम राइटिङ’तर्फ ओलीको समाचार विश्वको उत्कृष्ट बन्न सफल भएको हो ।

हगेंरीको बुडापेस्टमा सोमबार राति भएको अवार्ड कार्यक्रममा ओलीले स्पेन र अर्जेन्टिनाको खेल पत्रकारको समाचारलाई पछिपार्दै नेपालका तर्फबाट अवार्ड जित्न सफल भएका हुन् । यससँगै ओली नेपालको तर्फबाट एनआइपिएसमा अवार्ड जित्ने पहिलो पत्रकार बनेका छन् ।
अवार्डसँगै ओलीले ८ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन् । नेपालबाट प्रतिनिधित्व गर्दै अवार्ड प्राप्त गर्नु आफ्नो लागि कति अर्थपूर्ण छ भन्ने शब्दमा बयान गर्न कठिन हुने उल्लेख गर्दै ओलीले द काठमाडौं पोष्टको सम्पादकीय टोली, खेलकुद पत्रकार मञ्चलाई धन्यवाद दिए ।

उनले गत असार १९ गते ‘दि काठमाडौं पोस्ट’ मा ‘मुस्किलले ५० खेल खेलिने नेपालमा झण्डै २०० खेल संघहरु पालिएका छन्’ शीर्षकमा समाचार लेखेका थिए ।
विश्वभरका करिब १ सय ८० देशका सयौं पत्रकारले पठाएका समाचार मध्य ओलीको समाचार उत्कृष्ट ५०, १२ हुदै शीर्ष तीनमा परेको थियो । झण्डै डेढ दशकदेखि उनी खेलकुद पत्रकारितामा सक्रिय ओली नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव समेत हुन् । मञ्च विश्व खेलकुद पत्रकारहरुको संगठन एआइपिएएस र एआइपिएस एसियाको सदस्य राष्ट्र हो ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]