5 years ago
February 22, 2020
एजेन्सी – लन्डन क्लब चेल्सी तथा फ्रेन्च मिडफिल्डर एङ्गोलो कान्टे तीन साता मैदान बाहिर रहने भएको छ । कान्टेले प्रिमियर लिग अन्तरगत सोमबार राति म्यानचेस्टर युनाइटेडसँग २–० ले पराजित भएको खेलको शुरुमै मसल्समा चोट बोकेका थिए ।
चेल्सीका प्रशिक्षक फ्रान्क लाम्पार्डले उनी तीन साता मैदान बाहिर रहने बताएका छन् । यससँगै कान्टेले कम्तीमा पनि चार खेल गुमाउने पक्का भएको छ । उनले प्रिमियर लिगमा टोटेनहम र एभर्टन, च्याम्पियन्स लिगको प्रि–क्वाटर फाइनलको पहिलो लेगमा बायर्न म्युनिख र एफए कपमा लिभरपुलसँगको खेल गुमाउने पक्का भएको छ ।
‘एङ्गोलो फिट छैन । उनले मसल्समा चोट बोकेका छन् । उनी तीन सातापछि एस्टन भिल्लाविरुद्धको खेलबाट मैदानमा उत्रन सक्नेछ । जसरी उनले आर्सनलविरुद्धको खेलमा पूनरागमन गरे ।’ लाम्पार्डले भने, ‘चोटबाटै टमी अब्राहम र कलुम हड्सन ओडोइ प्रशिक्षणमा फर्केकाले केही राहत मिलेको छ । तर, उनीहरुले शनिबार टोटेनहमविरुद्ध खेल्ने सम्भावना निकै न्युन छ ।’
प्रिमियर लिगमा शनिबार घरेलु मैदानमा चेल्सीले टोटेनहमसँग खेल्दैछ । चेल्सी र टोटेनहम प्रिमियर लिगमा शीर्ष चारमा पर्ने दौडमा छ ।
चेल्सी २६ खेलबाट ४२ अंक जोडेर चौथो तथा टोटेनहम ४० अंक जोडेर पाँचौ स्थानमा रहेको छ । सेफिल्ड युनाइटेड र म्यानचेस्टर युनाइटेडले शीर्षचारमा पार्न चेल्सी र टोटेनहमलाई पछ्याइरहेको छ ।
December 10, 2024
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनीका कप्तान रोहितकुमार पौडेल र साद विन जाफरको अर्धशतकको सहयोगमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । लुम्बिनीका लागि कप्तान रोहितले सर्वाधिक ८० रन […]
December 8, 2024
एजेन्सी – मध्यक्रमका ब्याटर ट्रविस हेडको शतक र तीव्र गतिका बलरको उत्कृष्ट प्रदर्शनमा अष्ट्रेलियाले दोस्रो टेस्ट खेलमा भारतविरुद्ध सहज जित हासिल गरेको छ । दोस्रो टेस्टको तेस्रो दिन आइतवार अस्ट्रेलियाले भारतलाई १० विकेटले सजिलै हरायो। जितसँगै ५ टेस्टको सिरिजमा १-१ को बराबरी भएको छ । दोस्रो इनिङमा १९ रनको सामान्य लक्ष्य घरेलु टोली अस्ट्रेलियाले ३.२ […]
December 7, 2024
एजेन्सी – ४ ब्याटरको अर्धशतकको सहयोगमा इङ्ग्ल्यान्ड न्युजिल्यान्डविरुद्ध दोस्रो इनिङमा विशाल अग्रता तर्फ उन्मुख भएको छ । इङ्ग्ल्यान्डका ४ ब्याटरको अर्धशतकको सहयोगमा दोस्रो टेस्टकाे दोस्रो इनिङमा विशाल अग्रतातर्फ उन्मुख भएको छ । पहिलो इनिङमा १ सय ५५ रनको अग्रताका साथ दोस्रो इनिङको सुरुवात गरेको इङ्ग्ल्यान्डले दोस्रो दिनको समाप्तीमा ५ सय ३३ रनको अग्रता बनाएको छ […]