6 years ago
March 23, 2020
काठमाडौं (हाम्रो खेलकुद) – निम्न आर्थिक स्थितिका कुङफुका राष्ट्रिय खेलाडी रुपेश खतिवडालाई घर हस्तान्तरण गरिएको छ । कुङफुका पूर्व खेलाडी एवं हाल प्रशिक्षकको भूमिकामा रहेका सुकमान लामाको सक्रियतामा रुपेशलाई दुई कोठाको घर निर्माण गरी हस्तान्तरण गरिएको हो ।

जर्मनीका तीन नागरिक कोरिन्ना भास, डेनियल हान्के र मिचि मुन्जवर्गकोे सहयोगमा सुकमानले रुपेशका लागि घर निर्माण गरी दिएका हुन् । सो घर निर्माण गर्न करिब ६ लाख रुपियाँ लागेको छ । भास र डेनियल आरोहणका लागि समयसमयमा नेपाल आउने गर्छन् भने मुख्य सहयोगकर्ता मुन्जवर्ग नेपालस्थित ट्राभल फर सोल र होप फर नेपाल नामक सामाजिक संस्थामा आबद्ध छन् । सुकमानले रुपेशको निम्न आर्थिक स्थिति बारे जानकारी गराएपछि मुन्जवर्गले घर बनाइदिने चासो देखाएका थिए । मुन्जवर्गकै अनुरोधमा भास र डेनियल पनि रुपेशलाई सहयोग गर्न अगाडि बढेका हुन् ।
१८ वर्षीय रुपेश उदयीमान कुङ्फु खेलाडी हुन् । गत फागुन अन्तिम साता बूढानीलकण्ठमा भएको प्रथम राष्ट्रव्यापी अन्तरविद्यालय कुङफु प्रतियोगितामा रुपेशले आफ्नो स्पर्धामा स्वर्ण जित्नुका साथै उत्कृष्ट खेलाडीको ट्रफी चुमेका थिए ।
यद्यपि आर्थिक स्थिति कमजोर हुँदा प्रतिभाशाली रुपेशलाई खेलकुदबाट टाढा पुर्याउन सक्थ्यो । सोही डरले सुकमानले रुपेशलाई सहयोग गर्ने पहल गरेका हुन् । सुकमानले रुपेशका लागि घरसँगै विगत ७–८ वर्षदेखि उनको परिवारलाई रासनपानीको पनि व्यवस्था गर्दै आएका छन् । रुपेश अहिले एइइ परीक्षा दिने तयारीमा थिए ।
परीक्षा हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण स्थगित छ । रुपेशको सम्पूर्ण शैक्षिक खर्च पनि सुकमानले नै जोहो गर्दै आएका छन् । सुकमानले रुपेशका लागि यी व्यवस्थामा पनि मुन्वर्ग र भासको साथ रहेको बताउछन् । यि दुवै जर्मनी नागरिक र सुकमानले मिलेर अन्य १४ जनाको पनि शैक्षिक खर्च व्यहोर्दै आएका छन् । त्यसमध्ये हाल ९ जना बाल विकास तथा ४ जना श्री बूढानीलकण्ठमा अध्ययनरत छन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]