6 years ago
May 11, 2020
काठमाडौं (हाम्रो खेलकुद) – एसियाली खेलकुदको तेक्वान्दोका रजत विजेता सविता राजभण्डारी र उनका पति किशोर श्रेष्ठले कोरोना भाइरस (कोभिड–१९) का कारण मारमा परेका कमजोर आर्थिक अवस्थाका खेलाडीका परिवारलाई निरन्तर राहत स्वरुप खाद्य सामाग्री सहयोग गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य¬–सचिव रमेशकुमार सिलवालले नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघ (डब्लुकेकेओ नेपाल) का अध्यक्ष अशोककुमार श्रेष्ठलाई समस्यामा परेका खेलाडी परिवारको पहिचन गरी वितरण गर्न १ सय ५० परिवारका लागि राहत हस्तान्तरण गरे ।
उपत्यका र आसपासका जिल्लाका क्योकुसिन कराते खेलाडीलाई चामल, तेल, नुन, गेडागुडी, मसेउरा, सोयाबिन र साबुन प्रदान गरिएको संघकी उपाध्यक्ष हेमा मानन्धरले जानकारी गराइन् । सविता र किशोरकै सहयोगमा यसअघि काठमाडौं महानगरपालिका वडा ११ का दैनिक ज्यालादारी गरी गुजारा चलाउने मजदुरलगायतका प्रभावित २ सय परिवारलाई राहत वितरण गरिएको थियो ।
त्यसबेला पनि सदस्य–सचिव सिलवालले वडा अध्यक्ष हीरालाल तण्डुकारलाई राहत हस्तान्तरण गरेका थिए । सविता १९९८ को बैंकक एसियाडकी रजत विजेता हुन् । किशोरले पनि सोही एसियाडमा कांस्य जितेका थिए । उनीहरु लामो समयदेखि अमेरिकाको सियाटलमा बस्दै आएका छन् ।
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]