default_image

6 years ago

May 27, 2020

विश्व पारा पावर लिफ्टिङमा नेपालका तीन खेलाडी सहभागी

117 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कोभिड १९ ले विश्व नै अक्रान्त भईरहेको बेला खेलकुद क्षेत्रलाई सक्रिय राख्ने उद्धेश्यले विश्व खेलकुद संस्थाहरुले विभिन्न कार्यक्रमलाई अनलाइनमार्फत अघि सार्दै आइरहेका छन् ।

 

यसै क्रममा विश्व पारा पावर लिफ्टिङ अर्गनाइजेशनले पनि आफ्ना सदस्य राष्ट्रबीच खेलाडीहरुलाई क्रियाशिल राख्ने र खेल क्षमतालाई कमि हुन नदिने उद्धेश्यले अनलाईन प्रतिस्पर्धा गराएको छ । अर्गनाइजेशनले दोश्रो अनलाईनल विश्वकप सिरिज आयोजना गर्दै सदस्य राष्ट्रका खेलाडीहरुलाई क्रियशिल पार्ने उद्धेश्यका साथ प्रतिस्पर्धा गराएको हो ।

सिरिजमा विश्व पारा पावर लिफ्टिङ अर्गनाइजेशनमा दर्ता रहेका तीन नेपाली खेलाडीले सहभागिता जनाएको प्रशिक्षक संजय महर्जनले जानकारी गराएका छन् । नेपाली खेलाडीहरुमा निर्मला भण्डारी (५५ केजीमुनि), दुर्गामान तामाङले (८० केजी) र शरद पौड्यालले ९० केजीमा प्रतिस्पर्धा गरेका थिए ।

निर्मलाले पहिलो लिफ्टमा ४५ केजी, दोश्रोमा ५० र तेश्रोमा ५५ केजी भार बहन गरेकी थिईन् । यस्तै शरदले पहिलोमा ८५ केजी, दोश्रोमा ९० केजी र तेश्रोमा ९५ केजी तथा तामाङले पहिलोमा ९० केजी, दोश्रोमा ९५ केजी र तेश्रोमा १०५ केजी तौल भार बहन गरेका थिए ।
कम्मरमुनिको भागमा अपाङ्गता रहेका व्यक्तिहरुले प्रतिस्पर्धा गर्ने उक्त विश्वकप सिरिजमा नेपालसहित २० राष्ट्रका ४३ खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।

११ देखि २४ मे सम्म भएको प्रतिस्पर्धाको २५ देखि ३१ मे सम्म टेक्निकल अफिसियल जजमेण्ट र जुन २ तारिखका दिन नतिजा प्रकाशन गरिने विश्व पारा पावर लिफ्टिङ अर्गनाइजेशनले जनाएको छ । सिरिजमा प्रतिस्पर्धा गर्ने खेलाडीहरुले अनलाईन वरीयता प्राप्त गर्नुका साथै प्रमाण पत्र प्राप्त गर्नेछन् ।

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

Success

Thank you for your time.