default_image

6 years ago

June 2, 2020

भर्चुअल प्रतिस्पर्धामा नेपाललाई चार स्वर्ण

195 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय पेन्डामिक भर्चुअल गेम्समा नेपाली उमा कुङफु खेलाडीले ४ स्वर्ण जितेका छन् । अनलाइन प्रतिस्पर्धामा ४ स्वर्णका अलावा नेपालले २ रजत र १ कांस्य पनि जितेको नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामा तामाङले जनाएका छन् ।

कमल मगर र सञ्जयराज पुटुवारले नेपाललाई दोहोरो पदक दिलाए । पुरुष ताइचीको सफ्ट स्टायलमा कमलले स्वर्ण जिते भने नन् ट्रेडिसनल वेपनमा कांस्य हात पारे । पुरुषतर्फ सञ्जयले सफ्ट स्टायल तथा ट्रेडिसनल वेपन दुवै विधामा रजत प्राप्त गरे ।

महिला ताइचीको सफ्ट स्टायलमा मुन्नी सुवेदी लामा तामाङले स्वर्ण जित्न सफल भइन् । महिला ताइचीमा जमुना गुरुङ तथा पुरुष फम्स विथ म्युजिकमा सुदीप श्रेष्ठले स्वर्ण जिते ।

वल्र्ड मार्सल आर्ट्स कमिटी (डब्लुएमएसी) ले आयोजना गरेको प्रतियोगिता अस्ट्रियाको ब्रिगेन्जमा मे २८ देखि ३० तारिखसम्म भएको थियो । प्रतियोगितामा विभिन्न चार महादेशबाट १४ राष्ट्रका २ सय ३३ खेलाडीले प्रतिस्पर्धा गरेको अध्यक्ष लामाले जानकारी दिए । नेपालबाट ५ खेलाडीले प्रतिस्पर्धा गरेकोमा सबैले पदक जित्न सफल भएका हुन् । खेलाडीले आफूले सहभागिता जनाउने स्पर्धाको १ देखि ३ मिनेट सम्मको श्रब्यदृष्य डब्लुएमएसीमा पठाउनु पर्ने थियो ।

एक स्पर्धाका लागि खेलाडीले १५ युरो दर्ता शुल्क तोकिएको थियो । एक भन्दाबढी स्पर्धामा भाग लिनु पर्ने भए अत्तिरिक्त ५ युरो तिर्नु पर्ने थियो । डब्लुएमएसीले कोरोना भाइरस ९कोभिड– १९० कारण आफ्नो सम्पूर्ण वार्षिक प्रतियोगिता स्थगित गर्नु परेपछि यो भर्चुअल प्रतियोगिता आयोजना गरेको अध्यक्ष लामाले जानकारी दिए । स्थिति सामान्य नभए नोभेम्बरमा डब्लुएमएसीले भर्चुअल विश्व च्याम्पियनसिप पनि आयोजना गर्न लागेको अध्यक्ष लामाले जानकारी दिए ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.