9 years ago
August 9, 2016
दिपक बोहोरा ,पाचथर
पाचथरको दक्षिणी गा.बि.स सराङडाडा ८ स्थित सप्तमी बजारमा रहेको श्री युवा वर्ष उ. मा.वि मा बेलुका विद्यालय छुट्टि भए पछि युवाहरुका चहलपहल सुरु भएको देखिन्छ । हात हात मा टेवल टेनिसको ब्याट बोकेर युबाहरु दैनिक रुपमा बिद्यालय छुट्टि भए पछि टेवल टेनिस खेल्न आउने गरेका छन ।

१ वर्ष अगाडि विद्यालयले टेबल निमार्ण गरि टेवल टेनिस खेल्न मिल्ने बनाए पछि यहाा विद्यार्थिहरु र स्थानिय युवाहरुमा टेवल टेनिस क्रेज बढेको पाइन्छ । खालि पिरियड हुदाा शिक्षकहरु पनि टेवल टेनिसमा रमाएको पाइन्छ । फुटबल खेल्न पानी परेर र मैदान हिलो भएर खेल्न नसकिएको हुदा टेवल टेनिस तिर लागेको युवा प्रकास आले मगरले बताए । विद्यार्थीहरुलाइ पढाइका साथ साथमा खेलकुदको पनि बिकास गर्ने उद्देशयले टेवल टेनिस खेल्ने बातावरण निर्माण गरेका शिक्षक प्रेम भट्टराइले बताउनु भयो ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]