9 years ago
August 10, 2016
भारतको गुजरातमा भएको प्रथम अन्तर्राष्ट्रिय पारा तेक्वान्दो च्याम्पियनसिपमा नेपालले स्वर्ण जितेको छ ।

भारतीय पारा तेक्वान्दो संघको आयोजनामा भएको प्रतियोगिताको के ४२ क्याटगोरीअन्तर्गत पुरुष ५५ केजीमा नेपालका सोमबहादुर सुनुवारले नेपाललाई स्वर्ण दिलाए । पहिलो खेलमा इरानका अब्दुल खालिदलाई ७–४ ले पराजित गर्दै सोमले भारतका सोमित भर्डोजसंग उपाधि भिडन्त पक्का गरेका थिए । निर्धारित समयको फाइनल खेल ७–७ को बराबरीमा सकिएको थियो । थप गरिएको समयमा सोमले सोमितलाई ‘गोल्डेन प्वाइन्ट’ का आधारमा पाखा लगाए । समग्रमा सोम ८–७ ले विजयी भए ।
भारतको प्रेरणा नामक संस्थाको सहकार्यमा अगष्ट ५ देखि ७ तारिखसम्म भएको प्रतियोगितामा सहभागी अर्का नेपाली खेलाडी नवराज कार्कीले रजत जिते । के ४४ क्याटगोरीअन्तर्गत पुरुष ५० केजीमा प्रतिस्पर्धा गरेका नवराज ‘वाई’ पाउदै फाइनलमा पुगेका थिए । नवराज फाइनलमा भारतका यमुना कुँवरसंग हारे । पदक विजेता दुवै खेलाडीलाई दिलिप स्मृति ब्वाइज युनियन तेक्वान्दो डोजाङका प्रमुख प्रशिक्षक राजेन्द्र खत्रीले प्रशिक्षण दिदै आइरहेका छन् ।
प्रतियोगितामा नेपाल पारा तेक्वान्दो संघका उपाध्यक्ष भीमसेन केसी अफिसियल तथा लोकेन्द्र आचार्य प्रशिक्षकका रुपमा सहभागी भएका थिए ।
पारा तेक्वान्दो संघले खेलाडीसहित टोलीको सम्मानमा बुधबार स्वागत तथा बधाइज्ञापन कार्यक्रम आयोजना ग¥यो । पारा तेक्वानदो संघका अध्यक्ष जनार्जन ढुंगेल, उपाध्यक्ष मोहन कार्की, सदस्य भूवनलाल श्रेष्ठ र मधु ढुंगेल, पूर्व कर्णेल रविराज कार्कीलगायतले टोलीलाई खादा र टीका लगाइ एक कार्यक्रमबीच स्वगात गर्नुका साथै बधाइ दिएका थिए ।
सो अवसरमा उपाध्यक्ष कार्कीले अध्यक्ष ढुंगेलले पारा तेक्वान्दोको विकास र विस्तारमा पु¥याएको योगदानले गर्दा खेलाडीले सफलता प्राप्त गरेको बताउदै आगामी दिनमा पनि पारा तेक्वान्दोले सफलता हासिल गर्दै जाने विश्वास व्यक्त गरे ।
अध्यक्ष ढुंगेलले खेलाडीले पदक प्राप्त गरेर पारा तेक्वान्दोको मात्र नभइ सिंगो राष्ट्रको शिर उचो बनाएको बताउदै दृढ इच्छाशक्ति भए अपाङ्गता भएका खेलाडीले पनि सपाङ खेलाडीझै मुलुकलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन सक्ने धारणा व्यक्त गरे । उनले पारा खेलकुदमा राज्यले विशेष प्राथमिकता दिनु पर्नेमा जोड दिए ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]