5 years ago
July 19, 2020
काठमाडौं (हाम्रो खेलकुद) – माइसको व्यवस्थापन र काठमाडौं जिल्ला ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा साउन तेस्रो सातादेखि ब्याडमिन्टन क्याम्प सञ्चालन हुने भएको छ ।

देवीनगर ब्याडमिन्टन क्लब बानेश्वरको कोर्टमा क्याम्प १५ देखि २९ साउनसम्म सञ्चाल हुने काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष तथा ब्याडमिन्टनका अन्तर्राष्ट्रिय अम्पायर दीपक थापाले जानकारी गराए ।
‘पछिल्लो समय बच्चाहरुको अनलाइन क्लासहरु छैन । घरमै बसिरहेका कारण धेरै कुराहरु सोच्न सक्दछ,’ अम्पायर थापाले भने, ‘उनीहरुलाई शारीरिक र मानसिक रुपमा फिट राख्नकै लागि क्याम्पको आयोजना गरिएको हो । क्याम्पमा राम्रा देखिनेहरुलाई विभिन्न ठाउँमा प्रशिक्षणको अवसर मिलाउने लक्ष्य छ ।’
यस्तै थापाले क्याम्पमा खेलाउने मात्रै नभईकन ब्याडमिन्टनको बारेमा सैद्धान्तिक विषयमा पनि क्लास दिइने बताए । ‘क्याम्पमा हामी खेलाउने मात्र होइन । ब्याडमिन्टन के हो ? विश्वमा कस्तो हुन्छ । करियर के छ । इभेन्टहरु कसरी हुन्छ भन्ने बारेमा पनि सिकाउने छौं,’ अम्पायर थापाले भने ।
‘ब्याडमिन्टन इन्ड्रस्टीको बारेमा पनि जानकारी दिने छौं । सबै खेलाडी नै हुन्छन् भन्ने छैन । कसैको चासो अन्यतिर पनि हुन सक्छ । अन्य व्यवस्थापकीय काम गर्न इच्छा हुनेहरु पनि हुन्छन् । ल अफ ब्याडमिन्टनका कुरा पनि सिकाउने छौं ।’

क्याम्पमा ३२ जनालाई दिनको चार सिफ्टमा एक सिफ्टमा ८ जना रहने गरी दैनिक एक घन्टा प्रशिक्षण दिइनेछ । उमेर समूह नतोकिएका कारण इच्छा भएका जुनै उमेर समूहकाहरु क्याम्पमा प्रशिक्षणमा आउन सक्नेछन् ।
क्याम्पमा अम्पायर थापाले ब्याडमिन्टनको ल अफ थ्योरीबारे तथा बालकृष्ण थापा र पुरुषोत्तम ढकालले खेलको प्रशिक्षण दिनेछन् । डब्लुएचओको नियमको परिधिमा रहेर क्याम्प हुनेछ । क्याम्पको व्यवस्थापन माइस म्यानेजमेन्टले गरेको छ । अम्पायर थापाले क्याम्पका लागि ३ हजार रुपैया शुल्क राखिएको र शुल्क तिन नसक्ने, जेहेन्दार र प्रतिभावान खेलाडीलाई निशुल्क प्रशिक्षण दिइने बताए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]