5 years ago
September 7, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल फेन्सिङ संघले राष्ट्रिय फेन्सिङ खेलाडी, प्रशिक्षक, निर्णायकहरु तथा संघका सम्पुर्ण पदाधिकारीहरुको कोभिड १९ को बिमा गर्ने निर्णय गरेको छ ।

विश्व फेन्सिङ दिवसको अवसरमा नेपाल फेन्सिङ संघको भर्चुअल मिटिङले विश्व फेन्सिङ दिवस मनाउनुको साथै राष्ट्रिय फेन्सिङ खेलाडी, प्रशिक्षक, निर्णायकहरु तथा संघका सम्पुर्ण पदाधिकारीहरुको कोभिड १९ को बिमा गर्ने निर्णय गरेको हो ।
यस्तै बैठकले संघको कार्यलाई अझ विस्तार तथा परिमाणमुखी बनाउनका लागि र खेलाडीहरुको संघमा प्रतिनिधित्व गर्न एथलिट कमिशन गठन गर्ने निर्णय गरेको छ । हरेक वर्ष सेप्टेम्बरको दोस्रो हप्ताको शनिबार अन्तर्राष्ट्रिय फेन्सिङ महासंघको सदस्य राष्ट्रहरुमा विश्व फेन्सिङ दिवस मनाउदै आएको छ ।
यसै सिलसिलामा विश्वभर फैलिएको कोभिड १९ को महामारीका कारण नेपाल फेन्सिङ संघले यसवर्षको विश्व फेन्सिङ दिवस भर्चुअल रुपमा मनाएको छ । भर्चुअल सेलेब्रेसनमा संघका पदाधिकारीहरु, खेलाडीहरु, प्रशिक्षकहरु र खेल पत्रकारको सहभागिता रहेको थियो । संघका महासचिव सुजन लाल श्रेष्ठले विश्व फेन्सिङ दिवसको बारेमा जानकारी गराएका थिए ।
खेलाडीहरुको तर्फबाट अलिषा अधिकारीले शुभकामना प्रदान गर्दा खेल पत्रकारको तर्फबाट राम सुदन तिमल्सिना र राजु घिसिङले नेपाल फेन्सिङ संघले छोटो अवधिमा नै प्राप्त गरेको सफलताको चर्चा गर्दै आगामी दिनमा संघले फेन्सिङको विकास र विस्तारका लागि शुभकामना दिए ।
संघका सचिव अभिषेक कार्कीले खेलाडीहरुलाई सेल्प प्रशिक्षण र भिजुअल तयार पार्न अनुरोध गरे ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]