5 years ago
October 11, 2020
एजेन्सी – दोस्रो वरियताका स्पेनिस राफयल नाडाल कीर्तिमानी १३औं पटक फ्रेन्च ओपन टेनिसको च्याम्पियन बनेका छन् ।

पेरिसमा आइतबार राति भएको फाइनलमा शीर्ष वरियताका सर्वियन नोभाक जोकोभिचमाथि ३–० को सहज जित हात पार्दै नाडाल फ्रेन्च ओपनमा १३औं पटक च्याम्पियन बन्न सफल भएको हो । यस्तै नाडाल फ्रेन्च ओपनको १ सय एकल खेल जित्ने पहिलो खेलाडी बनेका छन् ।
दुवै खेलाडी खेल जीवनमा कीर्तिमानी ५६औं पटक भिड्दा नाडाले बाजी मारेका हुन् । क्ले कोर्टका बादशाह नाडालले जोकोभिचमाथि पहिलो र दोस्रो सेटमा ६–० र ६–२ को सहज जित हात पारे। प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट नाडालले ७–५ ले आफ्नो पक्षमा पार्न सफल भए । जोकोभिचलाई पराजित गर्न नाडालले २ घन्टा ४१ मिनेट समय खर्चिए ।

यस्तै नाडालले सर्वाधिक ग्रान्डस्लाम जित्ने स्वीस रोजर फेडेररको कीर्तिमानलाई बराबरी गरेका छन् । फ्रेन्च ओपन जितसँगै नाडालले ३९ वर्षीय फेडेररको सर्वाधिक २० ग्रान्डस्लाम उपाधिसँग बराबरी गरेका हुन् । फाइन्लमा नाडालसँग पराजित जोकोभिचले १७ ग्रान्डस्लाम उपाधि जितेका छन् ।
२००५ मा पहिलोपटक फ्रेन्च ओपन च्याम्पियन बनेयता नाडालले १६ वर्षको अवधिमा तीनपटक मात्रै फ्रेन्च ओपन जित्न सकेका छैनन् । नाडालले २००९, २०१५ र २०१६ मा फ्रेन्च ओपन जित्न सकेनन् । त्यसपछिको सबै संस्करणमा नाडाल च्याम्पियन बन्न सफल भएका छन् ।

च्याम्पियन बनेसँगै नाडालले यहाँ जित्नु आफ्नो लागि सबै कुरा रहेको बताएका छन् । ‘यहाँ जित्नु भनेको मेरो लागि सबै कुरा हो । साँच्चिकै म २०औं ग्रान्डस्लाम उपाधि र रोजरको बारेमा सोच्दिन । यो केवल रोलान्ड गारोसमा जित हो । मैले यहाँ मेरो करियरमा सबैभन्दा महत्वपुर्ण पलहरु बिताएको छु,’ च्याम्पियन बनेपछि नाडालले भने,‘केवल यहाँ खेल्नु नै साँचो प्रेरणा हो । यो सहरमा मेरो प्रेम सम्वन्ध छ । यो कोर्ट मेरो लागि अविस्मरणीय छ ।’
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]