default_image

3 years ago

November 13, 2020

जुडो क्लबलाई पन्ध्र लाखको सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – सोलुखुम्बुको एभरेष्ट जुडो क्लबलाई १५ लाख बराबरको खेल सामाग्री प्रदान गरिएको छ । सोलुखुम्बुकै खुम्जुङमा तालिम केन्द्र स्थापना गर्न ५० थान म्याट र १ सय ३१ थान गी प्रदान गरिएको नेपाल जुडो संघका महासचिव समेत रहेका क्लबका संस्थापक धर्मकुमार श्रेष्ठले जनाएका छन् । खुम्जुङमा ३ हजार ८ सय मिटर उचाईमा तालिम […]

50 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सोलुखुम्बुको एभरेष्ट जुडो क्लबलाई १५ लाख बराबरको खेल सामाग्री प्रदान गरिएको छ ।

सोलुखुम्बुकै खुम्जुङमा तालिम केन्द्र स्थापना गर्न ५० थान म्याट र १ सय ३१ थान गी प्रदान गरिएको नेपाल जुडो संघका महासचिव समेत रहेका क्लबका संस्थापक धर्मकुमार श्रेष्ठले जनाएका छन् ।

खुम्जुङमा ३ हजार ८ सय मिटर उचाईमा तालिम केन्द्र स्थापना गर्न लागिएको महासचिव श्रेष्ठले जानकारी गराए । सोलुखुम्बुको स्थानिय सरकारसंगको समन्वयमा स्थापना गरिने तालिम केन्द्र विश्वकै उच्च स्थानको हुने दाबी गरिएको छ । एनपीओ जुडोस, तोकाइ युनिभर्सिटी, जापानको सहयोगमा सामाग्री प्राप्त भएको हो ।

त्यसका लागि अस्ट्रियाकी ओलम्पियन (जुडो खेलाडी) सब्रिना फिल्जोमोरको मध्यस्थतामा नेपाल जुडो संघ, महासचिव श्रेष्ठ र क्लबका अध्यक्ष काजी शेर्पाले पहल गरेका थिए । कोरोना भाइरस (कोभिड– १९) को असर कम भएपछि तालिम केन्द्रको उद्घाटन गरिने बताइएको छ । साथै खेलाडीलाई प्रशिक्षण दिन जापान र जर्मनीबाट १ वर्षका लागि प्रशिक्षक भिकाउने तयारी पनि भइरहेको महासचिव श्रेष्ठले जानकारी दिए ।

उक्त सामाग्री काठमाडौंदेखि फाप्लुसम्म ट्रकमा र त्यहाँबाट खुम्जुङसम्म हेलिकप्टरमा पु¥याइएको थियो । करिब ४ वर्षअघि क्लबले सोलुखुम्बुको मन्जुमा पनि तालिम केन्द्र स्थापना गरिसकेको छ ।

April 16, 2024

बहराइनको कम्बोडियाविरुद्ध सहज जित

मस्कट (हाम्रो खेलकुद) – ओमनमा जारी एसिसि प्रिमियर कप अन्तर्गत बहराइनले पहिलो जित दर्ता गरेको छ । पहिलो जित दर्ता गर्ने क्रममा बहराइनले कम्बोडिया माथि ७ विकेटको सहज जित हासिल गरेको हो । कम्बोडियाले दिएको ८४ रनको झिनो लक्ष्य बहराइनले १३.१ ओभरमा ३ विकेट गुमाएर भेटायो । बहराइनका लागि हैदर बटले २७ बलमा ३ चौका […]

April 10, 2024

आर्मीलाई हराउँदै मच्छिन्द्र सिमरा गोल्डकपको सेमिफाइनलमा

सुनिल गाउँले, सिमरा विभागीय टोली त्रिभुवन आर्मी क्लब विरुद्ध संघर्षपूर्ण जित निकाल्दै मच्छिन्द्र क्लब जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा मंगलबार राति भएको प्रतिष्पर्धात्मक खेलमा मच्छिन्द्रले आर्मी १–० लाई हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो । ६९ औं मिनटमा सौरभ लिम्बुले गरेको मच्छिन्द्रला लागि निर्णायक बनेको थियो […]

April 6, 2024

खड्का टिप-टो स्पोर्ट्स एकेडेमीको ब्रान्ड एम्बासेडर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फुटबल टोलीका पूर्व कप्तान हरि खड्का टिप-टो स्पोर्ट्स एकेडेमीको ब्रान्ड एम्बासेडर र प्राविधिक सल्लाहकार (टेकनिकल एडभाईजर) नियुक्त भएका छन् । एन्फाका वर्तमान टेक्निकल डाइरेक्टर तथा नेपाली महिला फुटबल टोलीका पूर्व मुख्य प्रशिक्षक समेत रहेका खड्का हाल टिप-टो स्पोर्ट्स एकेडेमीसँग जोडिएका हुन् ।  नेपाली फुटसल टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतद्वारा संचालित […]

Success

Thank you for your time.