5 years ago
November 29, 2020
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १३औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन भएको ठीक एक दिनअघि खर्च विवरण सार्वजनिक गरेको छ ।

राखेप सदस्यसचिव रमेशकुमार सिलवालले वाचा गरे भन्दा ९ महिनापछि आइतबार पत्रकार सम्मेलनमार्फत सागको खर्च विवरण सार्वजनिक गरेका हुन् ।
राखेपले तीनै स्थानको हिसाबकिताब समयमा नआएको र कोरोना महामारीको कारण ढिला भएको जनाएको छ । सार्वजनिक खर्च विवरण अनुसार साग खेलकुदतर्फ १ अर्ब ३१ करोड ७८ लाख ४३ हजार ६१ रुपैया खर्च भएको छ ।

यस्तै पुर्वाधार निर्माणतर्फ विगतका वर्षहरुदेखि हालसम्म २ अर्ब ८६ करोड १४ लाख २८ हजार ९ सय ७३ रुपैया खर्च भएको सदस्यसचिव सिलवालले जानकारी गराए । यस्तै सागमा पदक विजेता खेलाडी, प्रशिक्षक र सहभागी राष्ट्रिय टोलीलाई नेपाल सरकारको तर्फबाट २२ करोड ७६ लाख बैशाख पहिलो सातासम्म सम्बन्धितकै खातामा पठाइसकेको र यसलाई राखेपको खर्चमा नजोडिएको सदस्यसचिव सिलवालले बताए ।
सागका लागि ५ अर्ब ६९ करोड बजेट प्रस्ताव गरिएकोमा सरकाले ३ अर्ब ६५ करोड विनियोजन भएको थियो । सागमा सरकारबाट १ अर्ब २३ करोड १८ लाख ४८ हजार, टिकट बिक्रीबाट २ करोड ६७ लाख ११ हजार ६७५, विज्ञापनबाट २० लाख ९ हजार ९ सय १५ र सहभागी राष्ट्रबाट ११ करोड २१ लाख ३५ हजार ५ सय ९८ रुपैया आय भएको सदस्यसचिव सिलवालले जानकारी गराए ।

स्तै खर्चतर्फ १ अर्ब ३१ करोड ७८ लाख ४३ हजार ६१ संलग्न विवरण बमोजिम खर्च भएको छ । यस्तै ३ करोड ५५ लाख ७१ हजार १३७ बैंक मौज्दात रहेको र १ करोड ९३ लाख ८० हजार २२४ प्रिज भएको राखेपले जनाएको छ ।
ब्याडमिन्टन म्याट, कबड्डी म्याट, बास्केटल म्याट, टेबल टेनिस म्याट र पदक, किड्ससम्बन्द्ध केही सामग्रीमा ४ करोड ८१ लाख ३० हजार सहयोग स्वरुप प्राप्त भएको राखेपले जनाएको छ ।

पुर्वाधार निर्माणतर्फ दशरथ रंगशाला पुर्ननिर्माण, सातदोबाटो हिटिङ पुल निर्माण, सातदोबाटो स्क्वास कोर्ट निर्माण, तेक्वान्दो र कराते एकेडेमी निर्माण, च्यासल रंगशाला निर्माण, लन टेनिस कोर्ट निर्माण, लैनचौर कभर्डहल मर्मत, कीर्तिपुर क्रिकेट मैदान तथा कभर्डहल मर्मत तथा निर्माण, पोखरा रंगशाला निर्माण, पोखरा साग भेन्यु निर्माण र धनुषा कभर्डहल मर्मतमा खर्च भएको राखेपले जनाएको छ ।
सागमा दक्षिण एसियाली राष्ट्रका २७४६ खेलाडी ९०६ अफिसिय सहित कुल ३६५२ जनाको सहभागिता रहेको थियो । नेपालबाट ८३१ जनाले सहभागिता जनाएका थिए ।

साग गतवर्ष मंसिर १५ देखि २४ गते सम्म काठमाडौं उपत्यका, पोखरा र जनकपुरमा आयोजना भएको थियो । सागको इतिहासमा नै पौडीकी गौरिका सिंहले एकै सागमा ४ स्वर्ण, करोतका मन्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र गल्फाका सुवास तामाङले दोहोरो स्वर्ण जित्न सफल भएका थिए ।
घरेलु भूमिमा भएको सागमा नेपालले कुल २ सय ७ पदक जितेको थियो । जसमा ५१ स्वर्ण, ६० रजत र ९६ कास्य पदक रहेको छ ।




December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]