default_image

5 years ago

December 18, 2020

रुसलाई टोकियो ओलम्पिक र कतार विश्वकपमा प्रतिबन्ध

161 views

0 Bookmark

एजेन्सी – डोपिङ स्क्यान्डलपछि रुसले दुई वर्षसम्म सबै खेलकुद गतिविधिमा प्रतिबन्ध भोग्नुपर्ने भएको छ । यससँगै रुसी झन्डा, गान र रंग जापानमा आयोजना हुने टोकियो ओलम्पिक, कतारमा आयोजना हुने विश्वकप फुटबल २०२२ र चीनको बेइजिङमा आयोजना हुने शीतकालिन ओलम्पिकमा देखिने छैन ।

रसियालाई विश्व एन्टी डोपिङ एजेन्सी (वाडा) ले चार वर्षको प्रतिबन्ध सुनाएको थियो । कासले रुसको प्रतिबन्ध घटाउँदै दुई वर्षको प्रतिबन्ध सुनाएको छ । यसअनुसार रुसको प्रतिबन्ध २०२२ डिसेम्वर १६ सम्म रहनेछ ।

कोर्ट अफ आर्बिटेसन (कास) ले रुसलाई दुई वर्षसम्म प्रतिबन्ध लगाउने निर्णय गरेपछि रुसले यि ठुला प्रतियोगिता गुमाउने भएको हो । दुई वर्षको प्रतिबन्ध भोगेपनि रुसले अर्काे वर्ष जुन–जुलाईमा आयोजना हुने युरोकप भने खेल्न पाउने सम्भावना रहेको छ ।

गत डिसेम्बरमा वाडाले रुसलाई ४ वर्षको प्रतिबन्ध लगाउने निर्णय गरेसँगै रसियन प्रधानमन्त्री दिमित्री मेदवेदेवले यो प्रतिबन्ध ‘पुरानो रुसी विरोधी रुसी उन्माद’ को एक हिस्सा बताएका थिए । तर रसियन खेलाडीहरुले स्वतन्त्र झन्डामुनि आफ्नो प्रतिभा देखाउन पाउनेछ ।

२०१८ को शीतकालिन ओलम्पिकमा रसियाका १६८ खेलाडीले स्वतन्त्र झन्डामुनिबाट खेलेका थिए । रसियको एथ्लेटिक्स खेलाडीलाई २०१५ देखि नै प्रतिबन्ध लगाइएको छ ।

घट्नाक्रम
– डिसेम्वर २०१४ – जर्मनीको एक टेलिभिजनले ९९ प्रतिशत रसियन खेलाडीहरु डोपिङको लागि दोषी रहेको एक वृत्तचित्रमार्फत आरोप लगायो ।

– नोभेम्वर २०१५ – वाडा आयोगले रुसी ट्रयाक र फिल्ड एथलेटिक्समा राज्य प्रायोजित डोपिङको रकमा व्यापक भ्रष्टाचार भएको आरोप लगाउदै एक स्वतन्त्र रिपोर्ट प्रकाशित गर्यो । रुस वाडाको गैर–अनुपालक छ ।

– मे २०१६ – मस्कोका पुर्व डोपिङ प्रयोगशालाका मालिक ग्रिगोरी रोड्चेन्कोभका अनुसार २०१४ मा सोचीमा भएको विन्टर ओलम्पिकमा रुसका दर्जनौ खेलाडीले धोका दिएका थिए ।

– जुलाई २०१६ – रुसले ग्रीष्म र शीतकालिन ओलम्पिक खेलहरुको लागि चार वर्षसम्म राज्य प्रायोजित डोपिङ कार्यक्रम सञ्चालन गर्यो । प्रोफेसर रिचर्ड म्याक्लारेनको रिपोर्ट ।

– अगस्ट २०१६ – अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आइओसी) ले रियो ओलम्पिक २०१६ मा रुसी खेलाडीलाई प्रतिबन्ध लगायो । सोही कारण रुसका २७१ खेलाडीले स्वतन्त्र झन्डामुनि प्रतिस्पर्धा ।

– डिसेम्वर २०१६ – वाडाले म्याक्लेरेन रिपोर्टको दोस्रो भाग प्रकाशित गरे । जसमा १ हजारभन्दा बढी रुसी एथलिटहरु डोपिङबाट लाभान्वित भएको उल्लेख ।

– जनवरी २०१७ – रुसादा र रुसी खेल अधिकारीहरुले मान्यता फिर्ता प्राप्त गर्नुअघि हासिल गर्न मापदण्डको सुची दिए ।

– मार्च २०१७ – वाडा भन्छन् रसियका एन्टि डोपिङ सुधारहरु त्यति चाँडो भइरहेको छैन ।

– फेब्रुअरी २०१८ – रुसलाई आइओसीले दक्षिण कोरियमा भएको शीतकालिनम ओलम्पिकमा प्रतिस्पर्धा गर्न प्रतिबन्ध लगाएको छ, तर डोपिङमा नपरेका १६९ एथलिटले तटस्थ झन्डामुनि प्रतिस्पर्धा गर्ने अवसर पाएको ।

– मे २०१८ – वाडाले रुसादालाई लेख्छन् ‘सम्झौता समाधान ।

– सेप्टेम्वर २०१८ – बीबीसीले खुलासा गरेको सम्झौताको समाचारले एथलिटहरु र डोपिङ निकायहरुबाट रोष प्रकट ।

– डिसेम्वर २०१९ – वाडाले सबै प्रमुख खेलकुद घट्नाहरुमा रोसाडालाई ४ वर्षको प्रतिबन्ध लगाएपछि रुसादालाई प्रयोगशालाको तथ्य सार्वजनिक गर्न र हेरफेर गर्न नसकिने घोषणा गरेपछि अनुसन्धानकर्तालाई हस्तान्तरण ।

– डिसेम्वर २०२० – कासको नियमले रुसको प्रतिबन्ध दुई वर्षमा घटाउनुपर्नेछ ।

December 16, 2025

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

Success

Thank you for your time.