default_image

5 years ago

December 22, 2020

मातातीर्थ र छिन्नमस्तालाई उपाधि

172 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ र सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७७’ मा सर्वाधिक ३–३ स्वर्ण जित्दै च्याम्पियन बनेका छन् ।

यि दुवै टोलीले समान ५० हजार रुपैया हात पारे । यस्तै प्रतियोगिताको अन्तिम दिन छिन्नमस्ता फुटबलमा तथा मुक्तिनाथ भलिबलतर्फ च्याम्पियन बनेका छन् । फुटबलतर्फको फाइनलमा छिन्नमस्ता महोत्तरीले नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीलाई पेनाल्टी सुटआउटमा ३–० ले पराजित गर्दै उपाधि जितेको हो ।

यसैगरी भलिबलको फाइनलमा मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीले नम्बर ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीलाई ३–१ को सेटमा पराजित गरी उपाधि जित्न सफल भएका हन् ।

प्रतियोगिताको विजयी टिम तथा खेलाडीलाई सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष सरिता कडेल खनाल, अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राई, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम केसी र नारायणबावु थापा लगायत नेपाल एथलेटिक्स संघका अध्यक्ष राजिव बिक्रम शाह,

नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा, अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पा तथा अग्नि ईन्कर्पोरेटेड प्रा.लि.(महिन्द्रा)का कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले पुरस्कृत गरे ।

५ पुसदेखि संचालन भएको प्रतियोगितामा फुटबल, भलिबल तथा एथलेटिक्सका विभिन्न इभेन्ट्सहरु समावेश गरिएको थियो । १८ जना महिलासहित कुल २ सय ७० जना सशस्त्र प्रहरी खेलाडीहरुको सहभागितामा एपीएफ मुख्यालय हलचोक र मातातीर्थमा भएको प्रतियोगितामा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान तथा सशस्त्र प्रहरी बल, नेपालका बाहिनी मुख्यालयहरुका एक–एक टिम गरी कुल ९ टिमको सहभागिता रहेको थियो ।

December 16, 2025

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

Success

Thank you for your time.