default_image

5 years ago

December 23, 2020

आर्सनललाई हराउदै म्यानचेस्टर सिटी सेमिफाइनलमा

141 views

0 Bookmark

एजेन्सी – खराव समयबाट गुज्रिरहेको प्रिमियर लिग प्रतिद्धन्द्धी आर्सनललाई हराउदै म्यानचेस्टर सिटी इएफएल कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सिटीले आर्सनललाई उसकै मैदानका ४–१ को हार चखाउदै अन्तिम चारको यात्रा तय गरेको हो । इमिरेट्स स्टेडियममा मंगलबार राति भएको खेलमा सिटीको जितमा गाब्रियल जेसस, रियाद महारेज, फिल फोडेन र एमेरिक लापोर्टेले गोल गरे । घरेलु टोलीका एलेसान्द्र लाकाजेटले गरेको गोल सान्त्वना बन्यो ।

खेलको तेस्रो मिनेटमा नै ओलेक्सान्डर जिनचेन्कोको पासमा जेससले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ३२औं मिनेटमा लाकाजेटले गाब्रियल मार्टिनेलीको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

तर, आर्सनलले दोस्रो हाफमा सिटीको आक्रमणलाई रोक्न सकेन । ५५औं मिनेटमा रियाद महारेजले गोल गर्दै सिटीलाई खेलमा २–१ ले अघि बढाए । ५९औं मिनेटमा फर्नाडिन्होको पासमा फोडेनले गोल गर्दै सिटीलाई सहज जिततर्फ अग्रसर गराए ।

७३औं मिनेटमा फोडेनको पासमा एमेरिक लापोर्टेले गोल गर्दै सिटीलाई ४–१ को सहज जित दिलाए । अर्काे खेलमा न्युक्यासल युनाइटेड च्याम्पियनसिप क्लब ब्रेन्टफोर्डसँग १–० ले स्तब्ध हुदै क्वाटरफाइनलबाट बाहिरिएको छ । योसुवा डा सिल्भाले ६६औं मिनेटमा गरेको गोल ब्रेन्टफोर्डको जितमा पर्याप्त बन्यो ।

अर्काे क्वाटरफाइनलमा आज राति स्टोक सिटी र टोटेनहम तथा एभर्टन र म्यानचेस्टर युनाइटेडबीच प्रतिस्पर्धा हुदैछ ।

December 16, 2025

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

Success

Thank you for your time.