5 years ago
December 27, 2020
ललितपुर (हाम्रो खेलकुद) – नेपाल बुद्धिचाल संघका संस्थापक अध्यक्ष स्व.नारायण कृष्ण जोशीको १३औं दिनको पुण्यस्मृतिमा खुल्ला रेपिड रेटिङ चेस प्रतियोगिता आइतबारदेखि शुरु भएको छ ।

लुँखुसी ललितपुरस्थित श्रमजीत किशोर माविमा संचालित प्रतियोगिताको पहिलो दिन ३ चरणका खेलहरु सम्पन्न भए । जसमा पूर्व नेपाल च्याम्पियनद्धय फिडेमास्टर मनिष हमाल, सुरबीर लामासहित मिलन लामा, सजिन महर्जन, युवराज पौडेल र माउण्ट एभरेष्ट चेस एण्ड सोसियल क्लब जोरपाटीका क्षितिज भण्डारी समान ३ अंकका साथ संयुक्तरुपमा शीर्षस्थानमा रहेका छन् ।
ललितपुर स्पोर्टस क्लबद्धारा आयोजित प्रतियोगितामा स्वीस लिग ९ चरणका खेल हुनेछ । दुई दिने खेलमा उत्कृष्ट २५ जनाको लागि कुल ८५ हजार नगद पुरस्कार रहेको छ । जसमा विजेता खेलाडीले नगद १५ हजार, दोस्रो हुनेले १० हजार, तेश्राले ७ हजार पुरस्कार पाउनेछन् ।
प्रतियोगितामा १२ जिल्लाबाट ६७ जना खेलाडीहरु सहभागी छन् । विजयी तथा सहभागीहरुलाई सोमबार पुरस्कृत गरिने आयोजक क्लबका अध्यक्ष हेराकाजी महर्जनले बताए ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]