5 years ago
December 28, 2020
ललितपुर (हाम्रो खेलकुद) – माउण्ट एभरेष्ट चेस एण्ड सोसियल क्लब जोरपाटीका क्षितिज भण्डारीले नेपाल बुद्धिचाल संघका संस्थापक अध्यक्ष स्व.नारायण कृष्ण जोशीको १३औं दिनको पुण्यस्मृतिमा आयोजित खुल्ला रेपिड रेटिङ चेस प्रतियोगिताको उपाधि जितेका छन् ।

स्वीस लिग ९ चरणका खेलमा क्षितिजले ६ जीत र ३ बराबरी खेलेर ७.५ अंक हासिल गर्दै उपाधि जितेका हुन् । समान ७ अंक भए पनि बुकहोल्ज टाईब्रेकमा एशियन कलेज गोंगबुका युवा खेलाडी मिलन लामा दोस्रो र थापाथली चेस पार्कका सुशील चौधरी तेस्रो भए । उपाधिसँगै क्षितिजले १५ हजार हात पारे । दोस्रो र तेस्रो भएकाले क्रमश १० हजार र ७ हजार प्राप्त गरे ।
ललितपुर स्पोर्टस क्लबको आयोजनामा लुँखुसी ललितपरुस्थित श्रमजीत किशोर माविमा संचालित दुई दिने प्रतियोगितामा ललितपुरका सजिन महर्जन पाँचौं, रौतहटका फिडेमास्टर रुपेश जैशवाल छैटौं, पूर्व नेपाल च्याम्पियन सुरवीर लामा सातौं, बद्रिलाल नेपाली आठौं, नविन तण्डुकार नवौं र झापाका प्रकाशचन्द्र नेपाल १०औं भए । स
ुदिप तामाङ, रामकुमार कार्की, आशिष फूँयाल, जनार्दन श्रेष्ठ र सुश्रुत दाहाल शीर्ष १५ मा अटाए । उनीहरुले जनही नगद २ हजार प्राप्त गरे । भेट्रानमा भक्तपुरका गणेशमान दुवाल, अनरेटेडमा बसुन्धराका बिनय राई, १७०० मुनी रेटिङ समुहमा माउण्ट एभरेष्ट चेस एण्ड सोसियल क्लब जोरपाटीका कृष्ण खत्री, स्थानीयमा रत्न ब्यन्जनकार उत्कृष्ठ ठहरिए ।
त्यसैगरी महिलातर्फ डब्लुएफएम सुजाना लोहनी प्रथम, मिशन चेस क्लब टोखाकी पूर्णिमा गुरुङ दोस्रो र सन्तोषी विक तेस्रो भइन् । १६ बर्षमुनी उमेर समुहमा मिशन चेस क्लबका कुशल बेलबासे प्रथम, लाजिम्पाटका पुरुषोतम सिलवाल दोस्रो र मिशन क्लबकै आलोक चौधरी तेस्रो भए ।
विजयी तथा सहभागीहरुलाई आयोजक क्लबका अध्यक्ष हेराकाजी महर्जन, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, फिडे इथिक्स कमिटी सदस्य राजेशहरि जोशी, स्व. नारायणकृष्ण जोशीका सुपुत्र डा. सरोजकृष्ण जोशीलगायतले पुरस्कृत गरे । प्रतियोगितामा १२ जिल्लाबाट ६७ जना खेलाडीहरु सहभागी थिए ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]