5 years ago
December 29, 2020
एजेन्सी – भारतले दोस्रो टेष्ट खेलमा घरेलु टोली अष्ट्रेलिायामाथि सानदार जित निकाल्दै चार टेष्ट खेलको सिरिज १-१ को बराबरी अवस्थामा पुर्याएको छ ।

मंगलबार भारतले दोस्रो टेष्टमा अष्ट्रेलिायालाई ८ विकेटले पराजित गरेको छ । चौथो दिन जितको लागि पाएको ७० रनको सामान्य विजयी लक्ष्य भारतले १५.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । भारतका ओपनर सुभमन गिल ३६ बलमा ७ चौका सहित ३५ रनमा अविजित रहे । कप्तान अजिंक्या रहाने ४० बलमा ३ चौका सहित २७ रनमा अविजित रहे ।
मयंक अग्रवाल ५ र चेतेश्वर पुजारा ३ रनमा अविजित रहे । मिचेल स्टार्क र प्याट कमिन्सले एक एक विकेट लिए । चौथौं दिन अष्ट्रेलिया दोस्रो इनिङमा २ सय रनमा अल आउट भयो । पहिलो इनिङमा १ सय ३१ रनले पछि परेको अष्ट्रेलियाले समग्रमा भारतलाई ७० रनको लक्ष्य दिएको थियो ।
अष्ट्रेलियाका युवा अलराउन्डर क्यामरन ग्रिनले १ सय ४६ बलमा ५ चौका सहित सर्वाधिक ४५ रनको योगदान दिए । प्याट कमिन्स २२ रनमा आउट हुँदा मिचेल स्टार्क १४ रनमा अविजित रहे । कमजोर प्रर्दशन गरिरहेका ओपनर जो बन्र्सलाई दोस्रो इनिङमा पनि उमेश यादवको बलमा ४ रनमा ऋषभ पन्तबाट क्याच आउट गराए । मार्नस लाबुसेन ४९ बलमा १ चौका प्रहार गर्दै २८ रनमा क्याच आउट हुन पुगे ।

३३ औं ओभरमा जस्प्रित बुमराहले स्टिभ स्मिथलाई ८ रनमा बोल्ड आउट गरेपछि अष्ट्रेलिया समस्यामा परेको थियो । ओपनर म्याथ्यु वेडलाई स्पिनर रविन्द्र जडेजाले ४० रनमा एलबिडब्लू आउट गरे । वेडले १ सय ३७ बलमा ३ चौका प्रहार गरे । ट्रविस हेड १७ र कप्तान टिम पेइन १ रनमा क्याच आउट भएपछि अष्ट्रेलिया हारतर्फ अघि बढेको छ । भारतका मोहम्मद सिराजले ३, रविन्द्र जडेजा, रविचन्द्रन आश्विन र जस्प्रित बुमराहले २-२ विकेट लिए ।
भारत पहिलो इनिङमा ११५.१ ओभरमा ३ सय २६ रनमा अल आउट हुँदै १ सय ३१ रनको अग्रता लिएको थियो । कप्तान अजिंक्या रहानेले कप्तानी इनिङ खेल्दै १ सय १२ रनको योगदान दिए । रन आउट हुनुअघि रहानेले २ सय २३ बलमा १२ चौका प्रहार गरेका छन् । रहानेको यो टेष्ट करिअरको १२ औं टेष्ट शतक हो । छैटौं विकेटका लागि रहाने र जडेजाले १ सय २१ रनको अविजित शतकीय साझेदारी गरेका थिए । जडेजाले १ सय ५९ बलमा ३ चौका सहित ५७ रनको योगदान दिए ।
ओपनर मयंक अग्रवाल शून्यमा आउट भएपनि सुभमन गिलले राम्रो सुरुवात दिलाए । भारतका लागि टेष्टमा डेब्यू खेल खेलि रहेका गिलले ६५ बलमा ८ चौका सहित ४५ रन जोड्दै राम्रो सुरुवात दिएका थिए । गिललाई प्याट कमिन्सले कप्तान टिम पेइनबाट क्याच आउट गराए । चेतेश्वर पुजरा भने १७ रनमा क्याच आउट हुन पुगे । कमिन्सले उनलाई पेइनबाटै क्याच आउट गराएका थिए ।
हनुमा विहारी २१ र ऋषभ पन्तलाई २९ रनमा आउट गर्दै अष्ट्रेलियाले खेलमा पकड जमाउन खोजेको थियो । तर रहाने र जडेजाले भारतलाई सम्हाल्दै इनिङमा अग्रता बढाएका छन् । अष्ट्रेलिया मिचेल स्टार्क र नाथन लायनले ३(३ विकेट लिए । प्याट कमिन्सले २ विकेट लिए ।

त्यसअघि मेलबर्न क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको अष्ट्रेलिया ७२।३ ओभरमा १ सय ९५ रनमा अल आउट भएको थियो । अष्ट्रेलिया मार्नस लाबुसेनले १ सय ३२ बलमा ४ चौका सहित सर्वाधिक ४८ रनको योगदान दिए ।
ओपनर जो बर्न्सलाई जस्प्रित बुमराहले विकेटकिपर ऋषभ पन्तबाट शून्यमा क्याच आउट गराएका थिए । स्पिनर रविचन्द्रन आश्विनले म्याथ्यु वेडलाई ३० र प्रमुख ब्याट्सम्यान स्टिभ स्मिथलाई शून्यमा क्याच आउट गरेपछि अष्ट्रेलियाले संघर्ष गरेको थियो । ट्राभिस हेड ३८, क्यामरन ग्रिन १२, टिम पेइन १३ र नाथन लायनले २० रनको योगदान दिए ।
अष्ट्रेलिया कुनैपनि ब्याट्सम्यानले ठूलो इनिङ खेल्न सकेनन् । भारतका जस्प्रित बुमराहले ४ र रविचन्द्रन आश्विनले ३ विकेट लिए । डेब्यू टेष्ट खेल खेलि रहेका मोहम्मद सिराजले २ र रविन्द्र जडेजाले १ विकेट लिए ।
पहिलो खेलमा भारत ८ विकेटले पराजित भएको थियो । तेस्रो खेल जनवरी ७ देखि सिड्नीमा सुरुहुने छ ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]