default_image

5 years ago

January 17, 2021

अल नेपाल स्नुकर ओपन च्याम्यिनसिप यसै महिना

244 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बौद्धनाथ डेभलोप्मेन्ट कमिटी र बुद्ध तामाङ कल्याण गुठीको आयोजनामा प्रथम चक्र लामा किसन लामा स्मृति राष्ट्रव्यापी स्कुनर प्रतियोगिता माघ २८ गतदेखि हुने भएको छ ।

नेपाली स्नुकरमा खेलाडी सहभागिताको संख्या र नगद पुरस्कारका हिसाबले यो अहिलेसम्मकै ठूलो प्रतियोगिता भएको आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक राजन लामाले जानकारी गराए ।

प्रतियोगितामा विभिन्न ५० जिल्लाबाट २ सय ५६ खेलाडीको सहभागिता रहने जानकारी दिइयो । प्रतियोगितामा सर्वाधिक १ सय ४७ अंक ब्रेक गर्नेलाई १० लाख नगद पुरस्कार प्रदान गरिने छ । सेन्चुरी ब्रेककर्तालाई २ लाख १ हजार तथा सर्वाधिक ब्रेककर्तालाई २१ हजार ५ सय नगद पुरस्कार दिइने छ ।

उत्कृष्ट खेलाडीले ११ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन् । विजेताले २ लाख ११ हजार ५ सय तथा उपविजेताले ९० हजार नगद पुरस्कार पाउने छन् । तेश्रो हुने दुई खेलाडीले ३० हजार तथा क्वाटरफाइनलिस्ट चार जनालाई जनही १० हजार ५ सय नगदबाट पुरस्कृत गरिने छ ।

क्वाटरफाइनलिस्टलाई गिफ्ट ह्याम्पर स्वरुप किउ र किउ बक्स प्रदान गरिने छ । त्यस्तै उदीयमान खेलाडी तथा अनुशासित खेलाडीलाई ११ हजार ५ सय नगद पुरस्कार प्रदान गरिने छ । प्रतियोगिता सञ्चालन गर्न करिब ३२ लाख ५ सय खर्च हुने संयोजक लामाले बताए ।

प्रतियोगितामा नेपाल बिलियर्ड, स्नुकर तथा पुल संघको प्राविधिक सहयोग रहने संघका अध्यक्ष समेत रहेका चारपटकका स्नुकर राष्ट्रिय च्याम्पियन सरोजकुमार मुल्मीले जानकारी दिए । फागुन २२ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु बौद्धस्थित अजिमा स्नुकर हाउसमा खेलाइने छ ।

चक्र स्नुकरका पूर्व च्याम्पियन तथा किसन स्नुकर प्रेमीका साथै र स्नुकरका सहयोगी थिए ।

December 16, 2025

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

Success

Thank you for your time.