5 years ago
January 18, 2021
काठमाडौं (हाम्रो खेलकुद) – एसडी ९९ स्पोर्टस् कर्नरको आयोजनामा टोखा नगरपालिका अन्तर वडा स्तरीय गजराज जोशी स्मृति फुटबल प्रतियोगिता सोमबारदेखि सुरु भएको छ ।

लिगकम नकआउटको आधारमा भएको प्रतियोगिताको पहिलो दिन टोखा नगरपालिका वडा नम्वर ६ र वडा नम्वर ७ ले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । टोखा भुतखेलस्थित मैदानमा भएको खेलमा वडा नम्वर ६ का कृष्ण गुरुङले गोल गर्दा वडा नम्वर ७ का समिर गुरुङले पेनाल्टीमार्फत बराबरी गोल फर्काएका थिए । समिरले नै पेनाल्टी चुकाउदा वडा नम्वर ७ जितबाट वञ्चित बन्यो ।
प्रतियोगितामा बुधबार दुई खेल हुनेछ । प्रतियोगितामा टोखा नगरपालिकाका ११ वडा मध्ये ७ वटा वडाको सहभागिता जनाएको छ । प्रतियोगिता १३ माघसम्म चल्नेछ । प्रतियोगिताको विजेताले ७० हजार, दोस्रो हुने टोलीले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीले समान ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगितालाई ‘बी’ डिभिजन क्लब श्री भगवती क्लबको विशेष सहयोग तथा गजराज जोशी ट्रष्ट र हेडलाइनर्स स्पोर्टस् क्याफेले प्रायोजन गरेको छ । नेपालका लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने पहिलो अन्तर्राष्ट्रिय धावक स्वर्गिय गजराज जोशीको नाममा ट्रष्ट स्थापना गरिएको हो ।
उनले सन् १९५१ मा भारतको नयाँ दिल्लीमा आयोजना भएको एसियाली खेलकुदमा नेपालको तर्फबाट सहभागिता जनाएका थिए । गत वर्ष स्थापना भएको स्पोर्टस् कर्नरले खेलकुद प्रतियोगिताको सञ्चालन, सहभागिता, समाजिक तथा जनचेतनामुलक कार्यक्रम सञ्चालनको उद्देश्य राखेको छ ।
प्रतियोगिताको टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा टोखाका सबै ११ वडाका वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]